२३ भाद्र २०८१, आईतवार

पर्यटन उद्योग सरकारको प्राथमिकतामा : मन्त्री पाण्डे
  • न्युज मानसराेवर

नेपालगञ्ज : सँस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेले आर्थिक विकास र समृद्धिका लागि पर्यटन क्षेत्र सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।  होटल ब्यवसायी महासङ्घ लुम्विनी प्रदेशको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनको शुक्रबार नेपालगञ्जमा उदघाटन गर्दै मन्त्री पाण्डेले पर्यटन विकासका लागि नेपाली संस्कारअनुसार पाहुनालाई व्यवहार हुनुपर्ने बताए । मन्त्री पाण्डेले भने, ‘पर्यटनक्षेत्र विस्तारै लय समात्ने क्रममा छ, अर्थतन्त्र बलियो बनाउन होटल क्षेत्रको मुख्य भुमिका रहन्छ ।’

उनले पर्यटन नीति र ऐन निर्माण र संशोधनमा ध्यान दिइने बताउनुभयो । उहाँले गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल छिटोभन्दा छिटो सञ्चालनका लागि पहल गरिने बताए ।  लुम्बिनी प्रदेशसभा सदस्य रत्न खत्रीले पर्यटन विकासका लागि राज्यको नीति र व्यवहारमा सुधार हुन आवश्यक रहेको बताए । पर्यटकलाई गरिने व्यवहार मैत्रीपूर्ण हुनुपर्ने उनले जोड दिए ।

होटल ब्यवसायी महासङ्घका अध्यक्ष भाष्कर काफ्लेले प्रदेशभित्र साना–ठुला गरी करिब ११ हजार होटल ब्यवसाय सञ्चालनमा रहेको भन्दै उनीहरुका लागि विशेष सहयोगका कार्यक्रम ल्याउन माग गरे । प्रदेशभित्र होटल ब्यवसायमा करिब ६० हजारले प्रत्यक्ष रोजगारी पाएको उनले बताए । राज्यले होटल ब्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिबर्तन हुन आवश्यक रहेको उनले आग्रह गरे ।

यस क्षेत्रमा लुम्बिनीमा करिब दुई खर्ब बराबरको लगानी रहेको उनको भनाइ छ । होटल ब्यवसायबाट बार्षिक ४० करोड कर राज्यले सङ्कलन गर्नेगरेको छ । अधिबेशनमा प्रदेशभरका १८ सस्थाका १५० बढी प्रतिनिधिको सहभागिता रहेको छ ।

  • ११ श्रावण २०८१, शुक्रबार प्रकाशित

  • Nabintech