२३ भाद्र २०८१, आईतवार

कालिका लघुवित्तद्धारा पोखरामा २ दिने तालिमको आयोजना
  • न्युज मानसराेवर

कास्कि,पोखरा:पोखरामा केन्द्रिय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शाखाका कर्मचारीहरुलाइ  ११ र १२ गते  ‘जोखिम न्यूनीकरण तथा असुली बृद्दि’ सम्बन्धी २ दिने तालिम पोखरामा आयोजना गरेको छ ।

श्रवणकुमार सर्पोट प्रा.लि.को प्राविधिक सहयोगमा होटल प्यागोडा पोखरामा कालिका  लघुवित्तले उक्त तालिमको आयोजना गरेको हो । तालिम कार्यक्रममा तनहु, कास्की, गुल्मी, स्याङजा र पर्वत जिल्लाका गरि २९ जना शाखा प्रमुख र कुस्मा र साजवोट अनुगमन अधिकृतहरुलाई ससहभागी गराईएको कालिका लघुवित्त केन्द्रिय कार्यालय पोखराले जनाएको छ ।

पानसमा बत्ति वालेर तालिमको उदघाटन गर्दै वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत कुलचन्द्र पराजुलीले शाखा प्रमुख कर्मचारीहरुलाई योग्य र दक्ष बनाउन तालिमको आयोजना गरिएको बताउदै आगामी दिनमा यस किसिसमका तालिमलाई निरन्तरता दिईने बताएका छन । सिकेर कहिल्यै पनि नससकिने उल्लेख गर्दै पराजुलिले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उर्तान तथा अहिलेको विषम अवस्थामा संयमित रहदै कार्य गर्न सहभागि सवैलाई आग्रह गरे ।

आज पहिलो दिनको तालिममा श्रवणकुमार सर्पोट प्रा.लि.का श्री प्रकाश पोखरेलले सहजिकरण गरिरहेका छन भने तालिम उदघाटन शत्रको सञ्चालन वित्तीय संस्थाका कर्जा विभाग प्रमुख हर्ष बहादुर स्याङतानले गरेका थिए । कालिका लघुवित्तले देश भर १ सय शाखा कार्यालय मार्फत आफना सदस्यहरु ७६ हजार दुई सय ३१ जना लाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । कुल ऋणि संख्या २६ हजारको हाराहारीमा रहेको वित्तीय संस्थाले १ अरव ३३ करोड बरावर वचत परितचालन समेत गरेको बताईएको छ ।

  • ११ श्रावण २०८१, शुक्रबार प्रकाशित

  • Nabintech