२२ भाद्र २०८१, शनिबार

शिक्षक र शिक्षामा विषयमा आफनो धारणा प्रष्ट पार्दै सांसद ढकालले यसो भने

३३ प्रतिशत रिजल्ट राम्रो निकाल्न नसक्ने शिक्षकहरुको हकमा उक्त बिषयमा शिक्षकले परिक्षा दिने व्यवस्था गर्दा राम्रो

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: अहिले संघिय संसदका बिभिन्न समितीहरुको छलफल तथा बैठकहरु बसिरहेका छन समितीले दिएको सुझावका आधारमा कानुन निर्माण हुने भएकाले शिक्षा समितिमा शिक्षा विधेयकको सैद्धान्तिक छलफल हुनेक्रम जारि रहेकै बेला बाँके क्षेत्र नं. १ का माननिय संघिय सांसद सुर्य ढकालले शिक्षा समितीमा बोलेको बिषय यतिखेर सामाजिक सञ्जाल र आम सरोकार राख्ने शिक्षकहरुमाझ चर्चाको बिषय बनाईएको छ ।

आफुले बोलेको बिषयमा प्रष्ट पार्दै संघिय सांसद ढकालले शिक्षकले आफुले पढाएको बिषयमा पाँच पटक सम्म पनि ३३ प्रतिशत रिजल्ट राम्रो निकाल्न नसक्ने शिक्षकहरुको हकमा उक्त बिषयमा शिक्षकले परिक्षा दिने व्यवस्था गर्दा राम्रो हुन्छ भनेको भएपनि बुझाईमा फरक परेको प्रष्ट पारेका छन ।

उनले सबै शिक्षकलाई इंगित गरि दारु खाने बिषय उठान नगरेको तर केहि शिक्षकहरु विहान देखि साँझ सम्म  के अफिस समय, के अन्य समयमा पनि अर्थात चौविस घण्टा दारु खाने गरेको बिषय उठान गरेको भन्दै परिश्रमि, ईमान्दार र लगनशिल शिक्षकहरुको पक्षमा आफु सदैव रहेको वताएका छन ।

उनले आफुले शिक्षा समितीको बैठकमा शिक्षको तलव निजामती भन्दा बढि हुनुपर्छ,शिक्षकको मर्यादाक्रम निजामती भन्दा माथि हुनुपर्छ, विद्यालयमा धेरै प्रकारका भवन बनाउन नपाईने व्यवस्था गर्नुपर्छ, मदरसा,निजि,र सरकारी विधालयमा विभेद हुनुहुदैन,अपुग दरबन्दि पूरा गरिनुपर्छ, एक शिक्षकले आफनो बिषयमा लगातार पाँच पटक सम्म पनि रिजल्ट ३३ प्रतिशत निकाल्न सक्दैन उक्तशिक्षकलाई अध्यापन गरिरहेको बिषयमा परिक्षा दिने व्यवस्था गर्दा राम्रो हुन्छ जस्ता कुरा उठान गर्दा समेत भ्रमपुर्ण कुराहरुमात्र भाईरल बनाईएको भन्दै दु:ख ब्यक्त गरेका छन ।

उक्त बिषयमा शिक्षकसंग सो बिषयको परीक्षा लिने व्यवस्था गर्दा थप जबाफदेहि बनाउन सकिन्छ भन्ने आफनो राय रहेको ढकालले वताए । पास गरे पनि तलव नगरे पनि तलव ,पढाए पनि तलव नपढाए पनि तलव ,सबै निकायमा ,काम गरे पनि तलव नगरे पनि तलव यसलाई सुधार्न आवश्यक छ ढकालको भनाई छ ।

  • ११ श्रावण २०८१, शुक्रबार प्रकाशित

  • Nabintech