२३ भाद्र २०८१, आईतवार

नेपालगन्जमा भेरी अस्पतालको १३४ औं वार्षिक उत्सव

विभिन्न बिधामा उत्कृष्ट हुने ब्यक्तिलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान

  • न्युज मानसराेवर

नेपालगन्ज : भेरी अस्पतालले शनिबार १३४ औं वार्षिक उत्सव मनाएको छ । अस्पतालले एक कार्यक्रमका बीच वार्षिक उत्सव मनाएको हो ।अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्र शाहको सभापतित्व एवम प्रतिनिधि सभाका सांसद किशोरसिंह राठौरको प्रमुख आतिथ्यतामा भएको हो । वार्षिक उत्सव समारोहमा लुम्बिनी प्रदेशका मन्त्री बादशा कुर्मी, लुम्बिनी प्रदेशका सांसद रत्न खत्री, काँग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारी लगायतले शुभकामना मन्तब्य व्यक्त गरे ।

प्रमुख अतिथी राठौरले सबै मिलेर भेरी अस्पतालको विकास गर्नुपर्ने बताए । अस्पताल जस्तो संवेदनशिल ठाउँमा संवेदनशिल भएर काम गर्नुपर्ने धारणा राखे । अस्पताल विकास समितिका अध्यक्ष शाहले भारतको लखनउ, दिल्लीका अस्पतालको जस्तो सेवा दिन प्रयासरत रहेको बताए ।

आफु नेतृत्वमा आईसकेपछि अस्पतालमा धेरै राम्रा कामहरु भएको दाबी गरे । सो क्रममा विभिन्न बिधामा उत्कृष्ट हुने ब्यक्तिलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । समारोहमा विभिन्न नृत्य प्रस्तुत गरिएको थियो ।अस्पतालले हरेक वर्ष साउन १२ गते आफ्नो वार्षिक उत्सव  मनाउँदै आएको छ ।

 

  • १२ श्रावण २०८१, शनिबार प्रकाशित

  • Nabintech