१२ मंसिर २०८१, बुधबार

गोरखाले गर्यो आफनो १७ औं ब्याचको स्वागत

अहिलेको युग बिज्ञानको युग भएको उल्लेख गर्दै विज्ञान बिषय बिश्वमा काम आउने बिषय

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: बाँकेको कोहलपुर २ मा रहेको गोरखा युनाईटेड पब्लिक स्कुलले आफनो विद्यालयमा कक्षा ११ मा भर्ना भएका १७ औं ब्याचका ( विज्ञान र ब्यबस्थापन ) विद्यार्थीहरुलाई स्वागत तथा एक दिने ओरेन्टेशन कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको सभाहलमा आयोजित उक्त स्वागत तथा ओरेन्टेशन कार्यक्रममा गोरखा युनाईटेड पब्लिक स्कुलका संस्थापक तथा सञ्चालक केशर वहादुर आले मगरले कक्षा ११ मा बिज्ञान बिषय लिएर अध्यन गर्न चाहने विद्यार्थीहरुलाई स्वागत गर्दै अहिलेको युग बिज्ञानको युग भएको उल्लेख गर्दै विज्ञान बिषय बिश्वमा काम आउने बिषय भएकाले विद्यार्थीहरुले अथक मेहनत, अनुशासन र लगनशिलता भने अपरिहार्य भएको औंल्याए ।

उनले कक्षा ११ मा भर्ना भई अध्यन गर्न आएका विद्यार्थीहरुलाई विद्यालयको शैक्षिक, भौगोलिक र विद्यालयका बिशेषतावारे प्रशिक्षण दिंदै विद्यार्थीहरुलाई गोरखा स्कुलको सदस्यका रुपमा आफुले ग्रहण गरेको उल्लेख गरे ।

मंगलवार विद्यालयको सभा हलमा आयोजित कार्यक्रममा विद्यालयका प्रिन्सिपल साधना थापाले कक्षा ११ उच्च शिक्षाको मुलद्धार भएको भन्दै आफनो सफल करिअरकालागि गोरखामा आएका विद्यार्थीहरुलाई मनैदेखि स्वागत गर्दै गहन अध्यन, प्रयोगात्मक अभ्यास र सोध तथा अनुसन्धानले मात्र बिज्ञान बिषयलाई नुपुनता थप्ने भन्दै नविनतम ज्ञानको खोजिमा विद्यार्थीहरु लाग्नुपर्नेमा जोड दिईन ।

उनले विद्यार्थीहरु उत्सुक, जिज्ञाशु समेत हुनुपर्ने भन्दै यी सबै सफलताका पछाडि विद्यार्थीको कडा मेहनत र अनुशासन नै हुने चर्चा गरिन ।
विद्यालयका विभिन्न विषय शिक्षक, विद्यालय प्रशासन प्रमुख, विभिन्न विभागिय प्रमुखहरु, विद्यार्थीहरुको उल्लेख्य सहभागितामा आयोजित कार्यक्रमको सञ्चालन नेपाली बिषय शिक्षक पञ्च प्रसाद अधिकारीले गरेका थिए । विद्यार्थीहरुलाई संस्थापक सञ्चालक केशर वहादुर आले मगर प्रिन्सिपल साधना थापा लगाएत शिक्षकहरुले खादा मालाका साथ स्वागत तथा सम्मान गरेका थिए ।

  • १६ श्रावण २०८१, बुधबार प्रकाशित

  • Nabintech