९ मंसिर २०८१, आईतवार

राप्तिपारिको झगडिया नदिमा तिब्र रुपमा कटान जोखिम उच्च
  • न्युज मानसराेवर

राप्तीसोनारी:बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जिल्लाको राप्तीसोनारी गाउँपालिका वडा नं. ७ स्थित झगडियामा नदीमा तिव्र रूपमा कटान भएकाले त्यसले ठूलो विपत्ति निम्त्याउने सक्ने सम्भावना औंल्याएका छन् ।

पटकपटक स्थलगत अनुगमन गरेका प्रजिअ रिजालले ठूलो बर्षा आए नदीको कटान खेती योग्य जमिन र बस्ती नै प्रवेश गरी ठूलो क्षति पुुर्याउन सक्ने औंल्याएका छन् । ‘राप्ती नदीले धार नै परिवर्तन गर्न सक्ने जोखिम छ, त्यसैले तत्कालै तटबन्धको काम सुरु गर्न आवश्यक छ’, प्रजिअ रिजालले त्यसका लागि पहल गरिरहेको जानकारी दिंदै भने ।

नदीमा तटबन्धको काम सिंचाई मार्फत हुने भएकाले कार्यालय प्रमुख सहित यसअघि निरीक्षण समेत भैसकेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । गत जेठ २५ गते नै जिल्ला प्रशासन कार्यालय बाँकेले जोखिमको अवगत गराएको छ ।

‘तटबन्धका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पनि पत्र पठाइसकेका छौं’, प्रजिअ रिजालले भने । यद्यपि, बजेट भने प्राप्त नभएपछि बाँकेका प्रमुख जिल्ला अधिकारी सहितको टोलीले सोमबार स्थलगत अनुगमन गरी पूर्वतयारी र पुननिर्माणमा पुनः ध्यानाकर्षण समेत गराएको छ । ‘हालको बाँध भत्किएमा राप्तीसोनारी र नरैनापुरका कैयन बस्तीहरू र हजारौं विगाह जग्गा जोखिममा पर्ने निश्चित छ’, प्रजिअ रिजालले भने ।

तटबन्धको विषयलाई लिएर एमाले नेताहरूले मंगलबार काठमाडौंमा राष्ट्रिय बिपद् जोखिम न्यूनिकरण तथा ब्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेललाई भेटेका छन् । बाँकेकी सांसद दिपा शर्मा सहित प्राधिकरण प्रमुख भेट्न पुगेका एमाले केन्द्रीय सदस्य पशुपति दयाल मिश्रले तटबन्धका लागि तत्काल पहल सुरु भएको जानकारी दिए । ‘प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले तटबन्धका लागि बजेट व्यवस्था गर्न पहल थाल्नु भएको छ’, उनले भने ।

  • १६ श्रावण २०८१, बुधबार प्रकाशित

  • Nabintech