कोहलपुर\बाँके क्षेत्र नं.१ का संघिय सांसद सुर्य ढकालले स्थिर सरकारका निम्ति कांग्रेस एमाले मिलेर सरकार निमार्ण गर्नु परेको बताएका छन। आज कोहलपुरमा प्रेस चौतारी नगर कमिटिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ढकालले देशको विकास र समृद्ध नेपाल खुसी नेपालीहरुको चाहना पुरा गर्नु यो सरकारको मुख्य उदेश्य रहेको उल्लेख गरेका छन।
उनले त्यसका निम्ति आवश्यक पर्ने कानून निमार्ण , करिब १६ लाख अव्यवस्थित तथा सुकुमबासी समस्या समाधान, सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टिआरसी) विधेयक पारित गर्ने संसदको तयारी रहेको समेत बताए।
ढकालले (टिआरसी) विधेयकमा मुख्य गरी कांग्रेस, एमाले र माओवादी विच सहमति भएको छ।’ अब यो पारित हुन्छ उनले भनेका छन।’
त्यसै गरी शिक्षा समितिमा ,शिक्षा विधेयकको सैद्धान्तिक छलफलमा बोलेका विषयहरुमा समेत ढकालले गलत मनसायले शिक्षकहरुको अपमान हुने कुनै शब्दहरु प्रयोग नगरिएको दावि गरेका छन। इमान्दार शिक्षकहरुलाई केही फरक नपरेको बताए ।
ढकालले शिक्षकले आफुले पढाएको बिषयमा पाँच पटक सम्म पनि ३३ प्रतिशत रिजल्ट राम्रो निकाल्न नसक्ने शिक्षकहरुको हकमा उक्त बिषयमा शिक्षकले परिक्षा दिने व्यवस्था गर्दा राम्रो हुन्छ भनेको भएपनि बुझाईमा फरक परेको प्रष्ट पारेका छन ।
अन्य सरकारी सेवामा आवद्ध भएका भन्दा बढी तलब र सम्मान राज्यले गर्नु पर्छ तर शिक्षक भएर शिक्षकको आचरण तथा विषय विज्ञका रुपमा सैद्धान्तिक तथा प्रयोगात्मक दुवैमा आफु अब्बल मात्र नभएर अध्यापन गर्ने बालबालिकाहरुलाई समेत अब्बल बनाउन सक्रिय भूमिका निर्वाह गर्न आवश्यक रहेको समेत बताए ।
कार्यक्रममा पत्रकार प्रदिप वाग्लेले स्थानीय संचार क्षेत्रको विकासका निम्ति समेत संदनमा आवाज उठाउन पर्ने धारणा राखेका थिए । सुझाव दिए । वाग्लेले स्थानीय संचार क्षेत्रमा धेरै समस्याहरु छन।
राज्यले त्यसको व्यवस्थापन गर्न उचित पहल लिनु पर्ने समेत बताए । पत्रकार सम्मेलनमा नेकपा एमाले कोहलपुर नगर कमिटिी अध्यक्ष कूल बहादुर भट्टराई नगर उपाध्यक्ष गोमा कुमारी खनाल , नगर सचिव कुमार रावत ,जिल्ला कमिटि सदस्य तथा युवा संघ नेपालका केन्द्रिय सचिव खेम शर्मा ,जिल्ला कमिटी सदस्य तथा स्वास्थ्य विभाग प्रमुख कुश्माखर बस्याल ,सुरेन्द्र थापा लगाएतको सहभागिता रहेको थियो । कार्यक्रम प्रेस चौतारी नगर कमिटी अध्यक्ष प्रमोद रिजालको अध्यक्षतामा सम्पन्न गरिएको थियो ।