काठमाडौँ:अमेरिकी प्रसारक फक्स न्युजले उपराष्ट्रपति कमला ह्यारिससँग सेप्टेम्बर ४ मा बहसका लागि गरेको प्रस्तावलाई डोनाल्ड ट्रम्पले स्वीकार गरेका छन्। सेप्टेम्बर १० मा यसअघि एबीसी न्युजमा जो बाइडेन र ट्रम्पबीच बहस हुने तय भएको थियो।
तर बाइडेन आगामी राष्ट्रपतिको दौडबाट बाहिरिँदै कमला ह्यारिसलाई समर्थन गरेपछि अब उनको स्थानमा ट्रम्पसँग कमलाले बहस गर्ने भएकी हुन्। यसअघि भने ट्रम्पले बाइडेनले उम्मेदवारी फिर्ता लिएपछि अब एबीसी न्युजमा आफूसँग हुने बहस सकिएको बताएका थिए। कमला ह्यारिसले फक्स न्युजमा हुने बहसबारे अहिलेसम्म कुनै टिप्पणी गरेकी छैनन्।