२६ बैशाख २०८२, शुक्रबार

श्रीलंकासँग भारत पराजित
  • न्युज मानसराेवर

काठमाडौं :  भारत टोली घरेलु टोली श्रीलंकाविरुद्ध दोस्रो ओडीआई खेलमा पराजित भएको छ। गएराति सकिएको खेलमा श्रीलंका ३२ रनले विजयी भयो। जितसँगै श्रीलंकाले ३ खेलको ओडिआई सिरिजमा १-० को अग्रता बनाएको छ। पहिलो खेल टाइ भएको थियो।

श्रीलंकाले दिएको २ सय ४१ रनको लक्ष्य पछ्याएको भारतले ४२ दशमलव २ ओभरमा अल आउट हुँदै २ सय ८ रन मात्र बनायो। भारतका लागि कप्तान तथा ओपनर रोहित शर्माले ४४ बलमा ५ चौका र ४ छक्काको सहयोगमा सर्वाधिक ६४ रन बनाए । अक्षर पटेलले ४४ बलमा ४४, शुभमन गिलले ३५, वासिङ्टन सुन्दरले १५ रन जोडे।

श्रीलंकाका लागि जेफरी भ्यान्डरसेले १० ओभरमा ३३ रन खर्चिएर ६ विकेट लिए। कप्तान चरिथ असलंकाले ३ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४० रन बनाए।

श्रीलंकाका लागि ओपनर आविष्का फर्नान्डो र कमिन्डो मेन्डिसले समान ४० रन जोडे। दुनिथ विलालागेले ३९, कुशल मेन्डिसले ३०, कप्तान चरिथ असलंकाले २५, अकिला धनन्जयले १५ रन बनाए।

भारतका लागि वासिङ्टन सुन्दरले ३, कुलदिप यादवले २ तथा मोहम्मद सिराज र अक्षर पटेलले समान १ विकेट लिए। भारत र श्रीलंकाबीचको तेस्रो तथा अन्तिम ओडिआई बुधवार हुनेछ।

 

  • २१ श्रावण २०८१, सोमबार प्रकाशित

  • Nabintech