नेपालगन्ज:नेपालगन्जमा द्वन्द्वकालीन अवस्थाको झल्को दिनेगरी ‘शान्ति स्मारक’ बनाइने भएको छ । त्यसका लागि द्वन्द्वपीडित तथा एक महिला सञ्जाल बाँकेले नेतृत्व लिएको हो ।
सञ्जालले आइतबार सरोकारवालाहरूसँग समन्वय बैठकको आयोजना गरी शान्ति स्मारक र त्यससँग जोडिएका स्मृतिलाई उजागर हुने विभिन्न प्रतिकको निर्माण गर्न खोजिएको जानकारी दिएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगका नेपालगन्ज स्थित कार्यालय प्रमुख द्वारिका अधिकारी, मानवअधिकारकर्मी भोला महत, प्रकाश उपाध्याय, सुरेश गौतम, बसन्त गौतम, पत्रकार रुद्र सुवेदी, अक्षरी पोखरेल लगायतले त्यसबारे विभिन्न धारणा राखेका थिए । शान्ति स्मारकका लागि स्थानीय सरकारले सहयोग गर्नुपर्ने विचार पनि सहभागीहरूको थियो ।