९ मंसिर २०८१, आईतवार

आज विश्वासको मत लिँदै मुख्यमन्त्री कँडेल
  • न्युज मानसराेवर

सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललाई सोमबार (आज) सदनबाट विश्वासको मत लिँदैछन् । दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् । नेकपा माओवादीको सहयोगमा कँडेल चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

केन्द्रमा सत्ता समीकरण बदलिएसँगै मुख्यमन्त्री कँडेलले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । कर्णाली प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले मुख्यमन्त्री कँडेलले २१ साउनमा विश्वासको मत लिन भन्दै प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गरेको  जानकारी दिए ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा मुख्यमन्त्री कँडेलले विश्वासको मतका लागि २१ मत प्राप्त गर्नुपर्ने हुन्छ । प्रदेशसभामा एमालेका १० र कांग्रेसका १४ सांसद छन् । माओवादीका १३, रापप्रा र एकीकृत समाजवादी र स्वतन्त्र सांसद एक–एक जना छन् ।

  • २१ श्रावण २०८१, सोमबार प्रकाशित

  • Nabintech