काठमाडौँ : सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाला सुन प्रतितोला रु. १ लाख ५० हजार कायम भएको छ । आइतबार छापावाला सुन प्रतितोला रु. १ लाख ४९ हजार ७ सयमा कारोबार भएको थियो । आइतबारको तुलनामा सोमबार छापावाला सुन प्रतितोला रु. ३ सयले वृद्धि भएको हो ।
यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु. ३ सयले वृद्धि भएको छ । आइतबार प्रतितोला रु. १ लाख ४९ हजार २ सयमा कारोबार भएको तेजाबी सुन आजका लागि रु. १ लाख ४९ हजार ५ सय निर्धारण भएको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला रु. १ हजार ७८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।