९ मंसिर २०८१, आईतवार

स्कुले वसले ठक्करदिंदा एक युवकको घटनास्थलमै मृत्यु, १३ बाख्रा सोत्रान
  • न्युज मानसराेवर

कोहलपुर,बाँके: कोहलपुर नगरपालिका वडा नम्बर–१२ चप्परगौडी स्थित ज्ञानकुञ्ज इग्लिस बोर्डिङ स्कुलको वसको ठक्करबाट एक जना युवाको मृत्यु भएको छ भने १३ वटा खसीबाख्रा मरेकाछन् । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर–९ स्थित ढकेरी सडक खण्ड अन्तर्गत झिझिरी खोलाको ओरालोमा ज्ञानकुञ्ज इग्लिस बोर्डिङ स्कुलको बसले कुल्चिदाँ गोविन्द ओलीको घटनास्थलमै मृत्यु भएको हो । स्कुल बसले किच्दा ओलीसँगै १३ वटा खसीबाख्रा मरेका छन् ।

कोहलपुर नगरपालिका वडा नम्बर–१२, चप्परगौडीको ज्ञानकुञ्ज इग्लिस बोर्डिङ स्कुलको ना ४ ख ४५७० नम्बरको बसले सडकमा हिँडिरेका ओलीसहित खसीबाख्रालाई पछाडीबाट कुल्चदै अघि बढेको थियो ।

ज्ञानकुञ्ज स्कुलको उक्त बसले कोहलपुरको चप्परगौडीबाट ढकेरी बिद्यार्थी छाड्न गएको बेला ढकेरी पुग्नु अगावै झिझिरी खोलाको ओरालोमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम डिएसपी नारायण डाँगीले जानकारी दिए । बसले युवकसहित खसीबाख्रालाई ठक्कर दिएर केही पर पुगेपछि बस ड्राइभरले बस रोकेर भागेको डिएसपी डाँगीले बताए ।

उनका अनुसार बसमा सवार सबै विद्यार्थीहरु सकुसल रहेकाछन् । स्कुल बसको ठक्करबाट ओली र खसीबाख्राको मृत्यु भएपछि स्थानीयबासीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । राजमार्ग अवरुद्ध भएपछि पुर्ववाट आउने गाडिहरुलाई अगैयाबाट नेपालगञ्ज डाईभसर्न गरिएको थियो । दुर्घटनामा मृत्यु भएका गोविन्द ओली राप्तीसोनारी गाउँपालिका वडा नम्बर–९ खैरीका स्थानीयबासी हुन् ।

डिएसपी डाँगीका अनुसार घटनाको अनुसन्धान अघि बढेको छ । घटना स्थलबाट शव व्यवस्थापन गरि राजमार्ग भने खुलाई सकिएको छ भने फरार चालकलाई ज्ञानकुञ्ज इग्लिस बोर्डिङ स्कुलसँग समन्वय गरेर सम्पर्कमा ल्याउने प्रयास अघि बढाईएको छ ।

  • २४ श्रावण २०८१, बिहीबार प्रकाशित

  • Nabintech