९ मंसिर २०८१, आईतवार

कोहलपुरको न्युरोडमा गृहमन्त्रीको पुत्ला दहन
  • न्युज मानसराेवर

कोहलपुर : नेकपा बहुमतका कार्यकर्ताहरुले कोहलपुरको न्युरोड चोकमा गृहमन्त्री रमेश लेखकको पुत्ला दहन गरेका छन ।

आफ्ना केन्द्रिय उपाध्यक्षलाई झुटा मुद्दा लगाई हिरासतमा राखेको भन्दै धर्मेन्द्र बास्तोलाले नेतृत्व गरेको बिद्यार्थी संगठन एबं पार्टिका कार्यकर्ताहरुले लेखकको पुत्ला दहन गरेका हुन।


पुत्ला दहन पश्चात् बिरोध सभालाई सम्बोधन गर्दै नेकपा बहुमत बाँके जिल्ला सदस्य तिलकले न्यायप्रेमी युवाहरुलाई राज्यले धरपकड गर्ने, झुटा मुदा लगाई हिरासतमा राख्ने र चरम यातना दिने गरेको उल्लेख गर्दै साच्चिकै जनता जागेमा नेपालमा पनि संसदीय दलका नेताहरुको हालत शेख हसिनाको जस्तो हुने बताए ।

उनले शान्तिपुर्ण माग र अधिकार बुलंन्द गर्ने नेकपा बहुमतका देशै भरिका कार्यकर्ता रिहा नगरे थप शशक्त आन्दोलनको आधिबेहरीसंग सामना गर्न सरकारलाई चेतावनी समेत दिय ।

  • २५ श्रावण २०८१, शुक्रबार प्रकाशित

  • Nabintech