११ मंसिर २०८१, मंगलवार

सिंहको ‘पापि बारुलो’ तिज गित सार्वजनिक
  • न्युज मानसराेवर

कोहलपुर \रितु सिंहको शब्द तथा स्वरमा ‘पापि बारुलो’ तिज गिति सार्वजनिक भएको छ। तिज गितमा संगित बलु तामाङ्गले दिएका छन । त्यसै गरी गितमा  शब्द तथा आवाज रितु सिंहको रहेको छ।‘पापि बारुलो’ गितको अभिनयमा  स्यम   रितुले गरेकी छन।उनलाई   प्रकाश कडेल(गुलेली कान्छाले साथ दिएका छन।आज  शनिवार कोहलपुरमा पत्रकार सम्मेलन गर्दै लेखक तथा गायकीका रितु सिंह तथा संगितकार बलु तामाङ्गले उक्त तिज गित बारे जानकारी गराएका हुन।  उक्त गित ६ मेनेट ९ सेकेन्डको रहेको छ ।

गायकीका रितु सिंहले ‘पापि बारुलो’ सहित  ४ वटा गितमा आफ्नो शब्द तथा आवज दिएकी छन। सिंह  बाँके जिल्लाका हुन। उनी नेपालगञ्ज वडा नं.६ मा बसोबास गर्दै आइरहेकी छन। पत्रकार सम्मेलनमा बोल्दै गायकीका तथा लेखक  सिंहले तिजको मौलिकता माथी प्रश्न उठ्ने खालको ‘पापि बारुलो’गित नरहेको दावि गरेकी छन। उनले आफ्नो  नेपाली मौलिकतालाई जोगाईराखेको  समेत बताइन। उक्त गित तानसेन रेकडिङ्ग स्टूडियोले छायाकंन गरेको छ।

अवधी कार्यक्रम बाट गायन तर्फको यात्रा
बाँके स्थित  नेपालगञ्जमा बागेश्वरी एफ.एम मा अवधि कार्यक्रम चलाउने रितु सिंह हाल आएर गायनका क्षेत्रमा प्रवेश गरेकी हुन ।उनी नेपाल टेलिभिजनको अवधि टेली सृखंलामा समेत अभिनय गरेको अनुभव रहेको छ। सिंह गैर सरकारी संस्थामा आवद्ध रहेर शिक्षाका क्षेत्रमा समेत काम गरेको अनुभव रहेको छ।गायनका माध्यम बाट देशक्त गितमा आफ्नो शब्द तथा स्वर दिइसकेकी छन। उनी सिंह जिल्लाको एक शशक्त महिला नेतृ समेत हुन । स्थानीय स्तरमा गायन क्षेत्रको विस्तारले स्थानीय स्तरमा रेकडिङ्ग स्टुडियोको व्यवसायी समेत राम्रो हुने गरेको छ ।

  • २६ श्रावण २०८१, शनिबार प्रकाशित

  • Nabintech