बाँके: नेपाली काँग्रेसको भातृ संगठन नेपाल थारु संघ बाँकेको प्रथम भेलाले बजारु थारुको संयोजकत्वमा तर्दथ समिति गठन गरेको छ । नेपाल थारु संघ केन्द्रीय कार्यसमितिको आयोजनामा शनिवार कोहलपुरमा भएको भेलाले थारुको संयोजकत्वमा जिल्ला तर्दथ समिति गठन गरेको हो । फुलाराम थारुको अध्यक्षता एवम् नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलको प्रमुख आथित्यतामा भएको हो ।
भेलालाई काँग्रेस लुम्विनी प्रदेश सदस्य टेक नारायण भुसाल, पार्टी सहसचिव विनोद थारु, पूर्व पार्टी उपसभापति लाहुराम थारु, महासमिति सदस्यद्धय चिन्तामणी धिताल, लुट बहादुर केसी, नेपाल थारु संघका केन्द्रीय सदस्य भावन थारु, पवन कुमार थार, काँग्रेस क्षेत्र नं.१ प्रदेश ख का सभापति बलराम शर्मा, राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषा थारुलगायतले सम्वोधन गरेका थिए ।