९ मंसिर २०८१, आईतवार

सार्वजनिक जग्गा बाँडफाँट गरेको भन्दै कोहलपुरका ८ दलद्धारा आपत्ति
  • न्युज मानसराेवर

काेहलपुर:काेहलपुर नगरपालिकाले सार्वजनिक जग्गा पार्टिहरुलाई बाँडेको खुलेको छ । । नेपाली काँग्रेस र एमालेकाे पार्टि कार्यालय निर्माणकालागी नगरपालिकाले सार्वजनिक जग्गा भाेगचलन गर्ने प्रक्रिया अगाडि बढाएकाे पाईएकाे हो ।  बहुमतकाे आधारमा काेहलपुरमा सत्तासीन दुई पार्टी काँग्रेस र एमालेले सार्वजनिक जग्गा हडप्न खाेजेकाे भन्दै यहाँका अन्य राजनितिक दलहरूले बिराेध जनाएका छन ।

बुधबार संयुक्त विज्ञप्ति निकाल्दै काेहलपुरमा क्रियाशिल ८ राजनिती दलले उक्त प्रक्रियाकाे बिराेध गरेका हुन । नेकपा (माओवादी केन्द्र), नेकपा एस, रास्वपा लगाएत ८ राजनितिक दलले विज्ञप्ति मार्फत कोहलपुरमा सुकुम्बासीको व्यवस्थापनमा चुनौती थपिदै गईहरेको परिस्थितीमा कोहलपुरमा सत्तासिन दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले कोहलपुरमा रहेका सार्वजनिक जग्गामा प्रतिष्ठानका नाममा पार्टी कार्यालय स्थापना गर्नका लागी प्रकृया अगाडी बढाएको प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन ।

सुकुम्बासीका समस्याहरुको व्यवस्थापन अन्य पालिकाहरु भन्दा कोहलपुर नगरपालिका भित्र अझै जटिल देखिएकाे उल्लेख गर्दै विज्ञप्तिमा भनिएकाे छ, “प्रतिष्ठानका नाममा पार्टी कार्यालय बनाउन सत्तासिन दुई पार्टी नेपाली कांग्रेसले तेह बिगाहमा र नेकपा (एमाले) ले प्रेमनगरमा ३/३ कठ्ठा जग्गा गोला प्रथा प्रणालीबाट बाँडफाँड गर्ने गरी प्रकृया अगाडी बढाएको सुन्नमा आएको र सो सम्बन्धमा तपसिलका राजनैतिक दल लाई ध्यानाकर्षण भई कोहलपुर नगरपालिकाका कार्यबाहक नगर प्रमुख एवं नेपाली कांग्रेसका नगर सभापति संग छलफल गर्दा सो प्रकृया अगाडी बढेको भन्ने स्वीकारोत्ति धारणा आएकाले यस प्रकारका महत्वपूर्ण सार्वजनिक जग्गाहरु सत्ताको आडमा बाँडफाँड नगर्न जोडदार माग गर्दछौं ।”

विज्ञप्तिमा नेकपा (माओवादि केन्द्र) नगर अध्यक्ष अबराज खड्का, राष्ट्रीय स्वतन्त्र पार्टि नगर का.बा. संयोजक गंगा पोखेल, राप्रपा नगर सचिव धन बहादुर थापा, नागरीक उन्मुक्ति पार्टि बाँके जिल्ला सचिब भुम भण्डारी, नेकपा एसका नगर अध्यक्ष शिव प्रसाद डांगी, ने.म.कि.पा नगर अध्यक्ष शेर ब. शाही, राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष तिलक राज पौडेल र राप्रपा नेपाका जिल्ला उपाध्यक्ष यज्ञराज रेग्मीले हस्ताक्षर गरेका छन ।

  • ३० श्रावण २०८१, बुधबार प्रकाशित

  • Nabintech