कोहलपुर,बाँके: बाँकेको कोहलपुर नगरपालिका वडा नं. ९ मा रहेको दुग्ध विकास संस्थानको परिसरभित्रको रुखमा रुकुम चौरजहारि ४ घर भई हाल त्रिभुवन माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्यनरत बर्ष १५ कि निर्मला पुन झुण्डिएको अवस्थामा फेला परेकि हुन ।
पिपिरि चोकमा आफनी आमा र भाईसंगै डेरा गरि बस्ने पुन झुण्डिएको कारण खुल्न भने सकेको छैन । स्थानियहरुले गत राति करिव ८ बजे तरि हल्लाका आवजहरु आएको भएपनि विहान मात्र दुग्ध विकास संस्थानको परिसरमा उनी झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
कोहलपुर वडा नं. ९ का वडाध्यक्ष ओपेन्द्रनाथ योगिले प्रहरी घटनास्थल पुगिसकेको जनाउदै घटनाको मुचुल्का उठाई पुनको शवलाई पोष्टमार्टमकालागि भेरी अस्पताल पठाउने तयारी भईरहेको जनाएका छन । ईलाका प्रहरी कार्यालय कोहलपुरले १५ बर्षे वालिकाले आत्महत्या गर्नुको रहस्य पत्ता लगाउन सुक्ष्म अनुसन्धान थालिएको वताएको छ ।
घटना भएको सुचना पाउने वित्तिकै ईप्रकाको टोलि घटनास्थलतर्फ गई अनुसन्धान प्रक्रिया थालेको हो एक प्रहरी अधिकृतले न्युज मानसरोवरसंग भने उनले पोष्टमार्टम रिर्पोट र थप अनुसन्धानबाट घटनाको सत्य तथ्य पत्ता लाग्ने वताएका छन ।