११ मंसिर २०८१, मंगलवार

नेपालगञ्ज रंगशालाको सेन्थेटिक ट्रयाकमा भ्रष्टाचारको गन्ध
  • न्युज मानसराेवर

नेपालगन्ज:नेपालगन्ज रंगशालामा बनाइएको सेन्थेटिक ट्रयाक एण्ड फिल्ड प्राविधिक रूपमै गलत पाइएको छ । ठेकेदार कम्पनीले निर्माण पूरा भएको भनिएको समयावधी महिनादिन ननाघ्दै ट्रयाक क्रयाक भएपछि अनियमितता बाहिर आएको छ । त्यसको अध्ययन गर्न राष्ट्रिय खेलकुद परिषद्ले तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

गठन गरेको कार्यदलले औपचारिक कार्यभार नसम्हाल्दै सोमबार गरिएको पूर्व अध्ययनमा सेन्थेटिक ट्रयाक एण्ड फिल्ड प्राविधिक रूपमै त्रुटिपूर्ण पाइएको हो । ‘कयौं पटक त निर्माणका क्रममा राखेपको अनुगमन, निरीक्षण नदेखिएपछि हामीलाई ठेकेदारलाई खबरदारी समेत गरेका थियौं’, अध्ययन कार्यदलमा प्राविधिक सदस्य रहेका राखेपका पूर्व राष्ट्रिय प्रशिक्षक चन्द्र बहादुर गुरुङ्गले ट्रयाक एण्ड फिल्डका विभिन्न कमजोरीहरू औंल्याउँदै  भने, ‘राखेपका इन्जिनियरहरूकै लापरवाहीले यहाँ धेरै त्रुटि भएका छन् ।’

अध्ययन कार्यदलका संयोजक, राखेप सदस्य लेख बहादुर क्षेत्रीकै उपस्थितिमा विज्ञ सदस्य गुरुङ्गले ट्रयाक एण्ड फिल्डमा भएका झण्डै आधा दर्जन कमजोरी औंल्याए । ‘त्यतिबेला हाम्रा कुरा सुनुवाई भएन’, गुरुङ्गले चिन्ता व्यक्त गर्दै भने, ‘खेलाडीहरूले पाइला टेक्न नपाउँदै ट्रयाक एण्ड फिल्ड भत्कियो ।’

कार्यदल संयोजक क्षेत्री, विज्ञ सदस्य गुरुङ्ग, नेपालगन्ज म्याराथनका संस्थापक टिएस ठकुरी, नाट्टा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देल लगायतको टोलीले ट्रयाक एण्ड फिल्डको जायजा लिंदै सामान्य आँखाले पनि देखिने कमजोरीहरू औंल्याएका थिए । ‘कार्यदल सदस्य राखेपका इन्जिनियर पूर्ण बहादुर सुन्दास तथा निर्माण ठेकेदार कम्पनी पञ्चकन्या–सिन्कोट्स जेभीका प्रतिनिधि सहितको उपस्थितिमा यसको औपचारिक अध्ययन मंगलबार देखि हुनेछ’, तीन दिनभित्र जस्ताको तस्तै प्रतिवेदन पेश गर्ने आफ्नो कार्यदेशबारे जानकारी दिंदै कार्यदल संयोजक क्षेत्रीले भने । क्षेत्रीका अनुसार, खेल पूर्वाधारको उपयोगिताबारे पनि आफुले राखेपलाई उपयुक्त सुझाव दिनेछन् ।

  • ४ भाद्र २०८१, मंगलवार प्रकाशित

  • Nabintech