बाँके\बाँके स्थित नेपालगन्ज रङ्गशालामा निर्माण गरिएको ‘सेन्थेटिक ट्रयाक’ मा क्रयाक भएको विषयमा अध्ययन गर्न गठन गरिएको उपसमितिले रङ्गशालामा पुगेर छानबिन गरिरहेको छ ।
निर्माण पुरा भएको महिना दिन बित्न नपाउँदै सेन्थेटिक ट्रयाक उप्किएको जानकारी सार्वजनिक भएपछि राष्ट्रिय खेलकुद परिषद्ले (राखेप) का सदस्य ले बहादुर क्षेत्रीको संयोजकत्वमा गठन गरेको तीन सदस्यीय अध्ययन उपसमितिले रङ्गशालामै पुगेर छानबिन गरिरहेको हो ।