९ मंसिर २०८१, आईतवार

लुम्बिनीका मुख्यमन्त्रीका प्रेस संयोजकमा घिमिरे
  • न्युज मानसराेवर

दाङ:लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दाङ लमहीका पत्रकार दशरथ घिमिरेलाई प्रेस संयोजकमा नियुक्त गरेका छन् ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई नियुक्त गरेको हो । यस अघि लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माको प्रमुख स्वकीय सचिव भएर जिम्मेवारी सम्हालेका घिमिरे प्रेस चौतारी लुम्बिनी प्रदेशका उपाध्यक्ष र नेपाल पत्रकार महासंघ दाङका सहसचिव हुन् ।

विहीवारनै मुख्यमन्त्री आचार्यले आफ्नो प्रमुख स्वकीय सचिवमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१० का कुशल भुसाललाई नियुक्त गरेका छन् । त्यस्तै लुम्बिनी प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा यमलाल खनाल नियुक्त भएका छन् ।

मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले खनाललाई संविधानको धारा १६० को उपधारा २ अनुसार बिहीवार मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरेका हुन् ।

खनाल रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर–९ निवासी हुन् । उनी लामो समयदेखि कानून व्यवसायका क्षेत्रमा काम गर्दै आइरहेका छन् । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले मुख्य न्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको कानूनी सल्लाहकार हो ।

  • ७ भाद्र २०८१, शुक्रबार प्रकाशित

  • Nabintech