९ मंसिर २०८१, आईतवार

मर्स्याङ्दीमा २७ जनाले गुमाए ज्यान, घाइते १६ जनालाई ल्याइयो काठमाडौँ (अपडेट)

बसमा ४१ यात्रुसहित चालक र सहचालक गरी ४३ जना सवार

  • न्युज मानसराेवर

दमौली: तनुहँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको भारतीय बस दुर्घटनामा परेर २७ जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार, आँबुखैरेनी अस्पतालले २३ जनाको मृत्यु भएको पुष्टि गरेको छ। अरु तीन जनाको शव घटनास्थलबाट आँबुखैरेनी अस्पतालतर्फ लगिँदैछ। उनीहरुको शव बसमुनिबाट निकालिएको हो। एक जना घाइतेको चितवन मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको छ।

बाँकी १६ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पताल ल्याइएको छ। उनीहरुको उपचार भइरहेको छ। बसमा ४३ जना रहेकोमा ४३ जनाकै अवस्था पत्ता लागिसकेको प्रहरीले जानकारी दिएको छ। उनीहरू बसेको पोखराको मझेरी रिसोर्टले प्रहरीलाई दिएको जानकारी अनुसार, बसमा ४१ यात्रुसहित चालक र सहचालक गरी ४३ जना सवार थिए।

उनीहरू भारतको गोरखपुरबाट २ दिनअघि ९भदौ ५० पोखरा आएका थिए। ८ दिनको पास लिएर नाकाबाट छिरेका उनीहरू दुई दिन पोखरा बसेर शुक्रबार बिहान काठमाडौँका लागि हिँडेका थिए। सो क्रममा आँबुखैरेनीमा दुर्घटनामा परेका थिए।

दुर्घटनामा पर्नेहरूको सूची यस्तो छ :

अनंत ओंकर ईंगके, सिमा ईंगदे, सुहास राणे, शरण राणे, चंदना राणे, सुधाकर जावके, रोहिणी जावके, विजया कुडु जावके, भारती प्रकाश जावके, सागर जावके, तुल्सीराम तायडे, शरण तायडे, भंगरण राणे, प्रकश कोखी, रेखा कोखी, संदिप सरोडे,, पसवी सरोडे, गोकर्णी सरोडे, हेमराज सरोडे, रुपाक्षी सरोडे, अनुप सरोडे, गणेश भांरबे, मिलन भांरवे, सुलभा भांरवे, बिजसा जावसे, भारती भिरुक, शारदा पाटीह, नित्ठोमा जावरे, कुमुदिनी झाँवर, धानेन्दधर बोड, आशा बोड, आशा बावस्कर, आशाखा पांडुरंग, सुनिस धाँडे, सरोज भिरुड, पंकज भंगादे र वर्षा भंगादे  लगायत।

  • ७ भाद्र २०८१, शुक्रबार प्रकाशित

  • Nabintech