९ मंसिर २०८१, आईतवार

जनताको अन्तिम भरोसा सञ्चार जगत हो : न्यौपाने

विषय वस्तुको गहिराई सम्म पुग्न पत्रकारहरुलाई अध्यन अनुसन्धानको निकै खाँचो

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: नेकपा माओवादि केन्द्रका केन्द्रिय सदस्य तथा अधिबत्ता नरेन्द्र न्यौपानेले आदलत गएर पनि न्याय नपाएको अनुभुत भएपछि जनताले अन्तिममा जाने आफनो थलो सञ्चार जगत नै भएको जिकिर गरेका छन । जनताले आफनो पिडा पोख्ने अन्तिम थलो सञ्चार क्षेत्र वनाउने गरेको भन्दै उनले सञ्चार क्षेत्र अति नै संवेदनशिल क्षेत्र भएकाले आम सञ्चार जगतमा काम गर्ने पत्रकारहरुलाई जनताको विश्वास जित्नेगरि सत्य तथ्य समाचार लेख्नुपर्नेमा जोड दिएका हुन ।

न्यौपानेले प्रेस सेन्टर नेपाल कोहलपुर नगर समितिले आयोजना गरेको आफनो दोस्रो वार्षिक उत्सव एवं स्व. दीप वहादुर क्रियाशिल पत्रकारिता पुरस्कार वितरण तथा शुभकामना आदान प्रदान कार्यक्रममा आफनो धारणा राख्दै यस्तो वताएका हुन । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका न्यौपानेले पत्रकारिता जटिल विषय भएकाले जुन विषयमा कलम चलाउने हो सो विषयको पत्रकारहरुलाई यथेष्ट ज्ञान हुनुपर्ने भएकाले अध्यनको समेत उत्तिकै खाँचो भएको औंल्याए । विषय वस्तुको गहिराई सम्म पुग्न पत्रकारहरुलाई अध्यन अनुसन्धानको निकै खाँचो छ न्यौपानेले भने अध्यन अनुसन्धान विनाको समाचार सम्प्रेसनले जनतामा थप भ्रम सिर्जना गर्ने भएकाले पनि पत्रकार स्वयम संवेदनशिल भएर कलम चलाउनु पर्छ ।

पत्रकारिता क्षेत्र निकै फराकिलो छ मेहनत र दुख पनि उत्तिकै छ भन्दै केन्द्रिय सदस्य न्यौपानेले राज्यपुर्नसंरचनापछि वनेका सरकारहरुले आफना क्षेत्रका सञ्चार हाउसहरुलाई संरक्षण र प्रर्बद्धनमा पनि उत्तिकै ध्यान दिनुपर्नेमा जोड दिए । हिज पनि मोफसल भनेर केहि परको ब्यबहार भयो अव गाउँ घरमै सिहदरवार आएपछि संरक्षणको जिम्मा पनि स्थानिय सरकारको भएकाले उत्पादनहिन खर्च कटौति गरेर पनि आम सञ्चार क्षेत्रको संरक्षण गर्नुपर्ने स्थानिय सरकारको दायित्व भएको जिकिर गरे ।

राज्य सञ्चालन प्रणालीकावारे जनतालाई सुसुचित गर्ने आम सञ्चार जगत आवाज विहिन जनताको आवाज मात्र हैन परिवर्तनशिल पत्रकारहरु समाज परिवर्तन र अग्रगमणका पक्षमा कलम चलाउन समेत चुक्न नहुने न्यौपानेको थप भनाई रहेको छ ।

प्रेस सेन्टर नेपाल कोहलपुर नगर समितिका अध्यक्ष पुष्पराज हमालको अध्यक्षतामा आयोजित कार्यक्रममा यस बर्षको स्व. दिप वहादुर क्रियाशिल पत्रकारिता पुरस्कारवाट कोहलपुरमा रहेर पत्रकारिता क्षेत्रमा क्रियाशिल महिला पत्रकार कल्पना शाहि (प्रिया)लाई पुरस्कृत गरिएको छ ।

पाँच हजार नगद र प्रमाण पत्र सहित शाहीलाई कार्यक्रमका प्रमुख अतिथी नरेन्द्र न्यौपाने र प्रेस सेन्टरका केन्द्रिय सदस्य शिव सुनारले संयुक्त रुपमा दोसल्ला ओढाई सम्मान सहित नगद एंव प्रमाण पत्र प्रदान गरेका हुन । प्रेस सेन्टर नेपाल, कोहलपुर समितिका सचिव शुभाखर विश्वकर्माका दिवंगत बुवा दिप बहादुर विश्वकर्माको स्मृतिमा स्व. दिप वहादुर क्रियाशिल पत्रकारिता पुरस्कार स्थापना गरिएको हो ।

प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य शिव सुनार, लुम्बिनी प्रदेश उपाध्यक्ष प्रदिप वाग्ले, जिल्ला अध्यक्ष राजेश आचार्य, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य हेमन्त बि.क., नेपाल पत्रकार महासंघ बाँकेका कार्यवहाक अध्यक्ष संगिन शर्मा, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य सरला सुवेदी, प्रेस सेन्टर नेपाल बाँकेका सचिव केपी घिमिरे, प्रेस चौतारी कोहलपुर नगर कमिटी अध्यक्ष प्रमोद रिजाल लगायतले दोस्रो वर्ष प्रवेसको आवसरमा प्रेस सेन्टर नगर समिति कोहलपुरलाई शुभकामना ब्यक्त गरेका थिए ।

प्रेस सेन्टर नेपाल बाँके जिल्ला कोषाध्यक्ष अनिता विश्वकर्माको स्वागत मन्तव्यवाट शुभारम्भ कार्यक्रमको प्रेस सेन्टर कोहलपुर नगर कमिटी उपाध्यक्ष विवेक रेग्मीले सञ्चालन गरेका थिए ।

  • ८ भाद्र २०८१, शनिबार प्रकाशित

  • Nabintech