६ मंसिर २०८१, बिहीबार

अब असोज ११ मा ‘सानो संसार’
  • न्युज मानसराेवर

काठमाडौं: चलचित्र ‘सानो संसार’ अब असोज ११ मा देशभरका सिनेमाघरमा आउने भएको छ । यसअघि असोज १७ गते अर्थात् घटस्थापनामा आउने भनिएको यो चलचित्र अब एक हप्ता अगाडि नै हलमा लाग्ने भएको हो ।

आइतबार एउटा पोष्टरमार्फत् आगामी असोज ११ गतेलाई नयाँ प्रदर्शन मिति घोषणा गरिएको हो । निर्माता अर्जुन कुमारको यो चलचित्र पारिवारिक कथावस्तुमा निर्माण भएको छ । चलचित्रमा हाँस्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भूमिका छ भने राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटीलगायतको पनि अभिनय छ । सिद्धार्थ पुडासैनीको लेखन तथा निर्देशन रहेको चलचित्रको स्क्रिप्ट लेखनमा निर्देशक पुडासैनीलाई सरिष्मा पुडासैनीले सघाउनु भएको छ ।

राजधानी मिडिया एड प्रोडक्सन एवं प्रिन्सेस मूभिजको व्यानरमा सिनेमा निर्माण भएको चलचित्रका कार्यकारी निर्मातामा माधव वाग्ले हुनुहुन्छ । यसअघि सन् २००८ मा पनि ‘सानो संसार’ शीर्षकमा चलचित्र बनेको थियो । त्यही शीर्षक सापटी लिएर भिन्न कथामा निर्माता कुमारले यो चलचित्र निर्माण गर्नुभएको हो ।

  • १० भाद्र २०८१, सोमबार प्रकाशित

  • Nabintech