२० असार २०८२, शुक्रबार

कोहलपुर नगरपालिकाका कर्मचारी आचार्य पक्राउ

सामि परियोजनामा करार सेवामा कार्यरत

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: ईलाका प्रहरी कार्यालय कोहलपुरले कोहलपुर नगरपालिकाका एक जना कर्मचारीलाई पक्राउ गरि हिरासतमा राखेको छ ।सुरक्षित आप्रवासन अन्तरगत कार्यरत महिला कर्मचारी कोहलपुर ९ वस्ने  कृष्टि आचार्यलार्ई शुक्रवार ईलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको पुष्टि गरेको छ । उनलाई चेक वाउन्स बैंकिङ कसुरमा पक्राउ गरिएको हो । पक्राउ गरिएको भोलिपल्ट सार्वजनिक विदा परेको र आज थप म्याद सहित अनुसन्धान प्रक्रियालाई अगाडि बढाउने ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

आर्थिक अनुशासनमा अत्यन्त पोर रहेकी आचार्य यस अघि पनि बिभिन्न वित्तीय संस्थामा तिर्नुपर्ने कर्जा नतिर्ने अटेरी ऋणिको रुपमा चिनिन्छिन । सुसाशन र पारदर्शिताको नारा दिएर नथाक्ने कोहलपुर नगरपालिकाले बिज्ञ छनौट समितिबाट छनौटमा परेकी कृष्टि वैदेशिक रोजगारीमा रहेका कामदार र कामदारका परिवारको उचित संरक्षण गर्ने परियोजनामा करार सेवामा कार्यरत रहेको बुझिएको छ ।

कार्यपालिका, न्यायपालिका र ब्यबस्थापिकाको अभ्यास गरिरहेको कोहलपुर नगरपालिकाभित्र काम गर्ने यस्ता आर्थिक अनुसाशनहिन कर्मचारीवाट जनताले आस गर्ने ठाउँ नै नभएको भन्दै अभियान्ता भुम भण्डारीले पक्राउवारेको सुचना सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि उनी बैंकिङ कसुरमा पक्राउ परेको तथ्य वाहिरिएको हो । उनी पक्राउ परे पनि कुन ब्यक्तिको जाहेरीमा उनी पक्राउ परेकी हुन विस्तृत विवरण भने प्रहरीले अनुसन्धानकै क्रममा रहेको भन्दै खुलाएको छैन ।

  • ११ भाद्र २०८१, मंगलवार प्रकाशित

  • Nabintech