नेपालगञ्ज: नेपालगन्जको एउटा पसलबाट अवैध कारोबारको आशंकामा प्रहरीले सुन र चाँदी बरामद गरेको छ । प्रहरीले अवैध रूपमा सुन चाँदीको कारोबारको सूचना पाएपछि त्रिवेणी मोड क्षेत्रको एउटा पसलमा शनिबार छापा मारेको हो । स्थानीयले प्रहरीले एउटा पसलबाट सुन, चाँदी नियन्त्रणमा गर्नुका साथै केही व्यक्तिलाई नियन्त्रणमा लिएको बताएका छन् ।
बाँके प्रहरी स्रोतका अनुसार सुन, चाँदी नियन्त्रणमा लिइएपनि वैधताबारे अनुसन्धान भैरहेको छ । प्रहरी स्रोतका अनुसार करिब ३४ तोला सुन र साढे १० केजी चाँदी बरामद भएको छ । प्रहरीले अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा समेत लिएको बताइन्छ ।