९ मंसिर २०८१, आईतवार

झाडापखालाबाट बाँकेमा चार जनाको मृत्यु

झाडा पखाला फैलिएको गेगलीमा स्वास्थ्य क्याम्प स्थापना गरी उपचार सुरु गर्न निर्देशन

  • न्युज मानसराेवर

नेपालगन्ज :  झाडापखालाबाट बाँकेमा आइतबार चार जनाको मृत्यु भएको छ । बाँकेको नरैनापुर-३ गेगली गाउँमा एक्कासी फैलिएको झाडापखालाबाट चार जनाको मृत्यु भएको नरैनापुर-३ का वडाअध्यक्ष अजय मिश्राले जानकारी दिए ।

उनका अनुसार हरिराम पासीको श्रीमती वर्ष २५ कि रुसा पासी र उनकी छोरी वर्ष डेढ कि नन्दनी पासी, मोहन लाल पासीको श्रीमती वर्ष ६० कि शान्ति पासी र सखावत अलिको छोरा वर्ष १० को यूसुफको मृत्यु झाडापाखाका कारण मृत्यु भएको हो । नरैनापुर गाउँपालिका स्वास्थ्यका शाखा प्रमुख नगेन्द्रकुमार शाहले भारतीय  सिमासँग जोडिएको उक्त गाउँमा झाडापखाला फैलिएको जानकारी आउनसाथ स्वास्थ्यकर्मीको टोली गाउँमै पुगेर उपचार गरिरहेको जानकारी दिए ।

यस्तै नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले झाडा पखाला फैलिएको गेगलीमा स्वास्थ्य क्याम्प स्थापना गरी उपचार सुरु गर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिईएको बताए । झाडापखाला नियन्त्रणका लागि आवश्यक परेमा थप सहयोगका लागि स्वास्थ्य कार्यालय बाँकेमा पनि सम्पर्क गरेर समन्वय भइरहेको अध्यक्ष शाहले जानकारी दिए ।

अत्यधिक गर्मी र खानेपानीमा केही गडबडी भएका कारण सो गाउँमा झाडापखाला फैलिएको हुन सक्ने स्वाथ्यकर्मीको भनाई  छ । फोहोर पानीका कारण उनीहरूमा झाडापखाला लागेको र मृत्यु भएको हुनसक्ने बताइएको छ ।

तारन्तार झाडा भईरहे नुन, चिनि, पानी वा जिवनजलकासाथै झोलिलो पदार्थ प्रसस्त मात्रामा सेवन गर्न सर्वसाधारणहरुलाई स्वास्थ्यकर्मिहरुले आग्रह गरेका छन । उनीहरुले पानी उमालेर मात्र सेवन गर्न समेत आग्रह गरेका छन । वासि सडेगलेका, झिंगा भन्केका खानेकुरा खानाले समेत झाडा पखाला फैलिने भन्दै यस्ता खानेकुरा नखान पालिका स्वास्थ्य शाखाले सर्वसाधारणलाई आग्रह गरेको छ ।

  • १७ भाद्र २०८१, सोमबार प्रकाशित

  • Nabintech