बुटवल:लुम्बिनी प्रदेश सरकारले शुक्रबार भोलि लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव राजेन्द्रप्रसाद पन्थीले एक विज्ञप्ति सार्वजनिक गर्दै हरितालिका तीजको अवसरमा सार्वजनिक बिदा दिइएको जानकारी दिएका हुन् ।
उनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ– ‘लुम्बिनी प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०८०–१२–२० गतेको निणर्यानुसार मिति २०८१–०५–२१ गते शुक्रबार का दिन हरितालिका (तीज) व्रतको अवसरमा लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको छ ।