कोहलपुर,बाँके: संविधान दिवसका अवसरमा सरकारले एकैपटक एक हजारभन्दा बढी कैदीको बाँकी सजाय मिनाहा गरेर छाड्ने तयारी गरेको छ । असोज ३ गते संविधान दिवसका अवसर पारेर उनीहरुलाई सजाय मिनाहा गरेर थुनामुक्त गर्न लागिएको हो । यसरी थुनामुक्त हुनेहरुमा बाँके जिल्ला कारागारका मात्र ५ जना रहेका छन । उनीहरुको कैद अवधिभर चाल चलन असल देखिएको ५० प्रतिशत कैद भुक्तानि गरि कैद कट्टा गर्न मापदण्ड पुरा गरेको भन्दै कारागार शाखा नेपालगञ्जको सिफारीसमा कारागार व्यवस्थापन विभागले कैद छुट पाउने कैदि वन्दिहरुको नाम सार्वजनिक गरेको हो ।
सरकारले नियमावली संसोधनपछि ज्यान सम्बन्धी कसुरका कैदका हकमा पिडितका आफन्तको सहमती लिएर मात्र उनिहरुलाई माफी मिनाहाका लागि सिफारिस गरेको छ । शंसोधित नियमावलीअनुसार ज्यान सम्बन्धी कसुरको हकमा पिडित आफै वा निजको पति, पत्नी, बाबु, आमा, छोरा, छोरी, बाजे वा बज्यैले सहमति दिनुपर्ने भनिएको छ ।
यसरी बाँके कारागारवाट कैद मिनाहमा पर्नेहरुमा कोहलपुर १० का गेहेन्द्र न्यौपाने,भैरवि दैलेखका जितेन्द्र शाहि, नरैनापुर २ का असलम खाँ, लमहि ४ दाङका सनम कुमार चौधरी र बारबर्दिया ७ बर्दियाका किशोर कुमार थारु रहेका छन ।