३१ भाद्र २०८१, सोमबार

विभागीय डर्बीमा आर्मीलाई पराजित गर्दै एपीएफले निकाल्यो पहिलो जित
  • न्युज मानसराेवर

काठमाडौँ:विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल एपीएफ क्लबले एन्फा महिला लिगमा पहिलो जित दर्ता गरेको छ।ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा शनिबार भएको खेलमा एपीएफले आर्मीलाई २(१ गोल अन्तरले पराजित गर्‍यो। पहिलो हाफको ुइन्जुरी समयुमा सविता रानामगरको गोलमा एपीएफले सुरुवाती अगता बनाएको थियो।

तर खेलको ५६ औँ मिनेटमा विमला चौधरीको गोलमा आर्मी खेलमा फर्किएको थियो। खेलको ६७ औँ मिनेटमा डिफेन्डर गिता रानाको पेनाल्टी गोलमा एपीएफले पुनः अग्रता बनाएको थियो। त्यसपछि खेलमा थप गोल हुन नसक्दा एपीएफले महिला लिगमा पहिलो जित दर्ता गरेको हो।एपीएफले पहिलो खेलमा पुलिस क्लबसँग बराबरी गर्दै अंक बाँडेको थियो।

  • २२ भाद्र २०८१, शनिबार प्रकाशित

  • Nabintech