३१ भाद्र २०८१, सोमबार

भोलि आईतवार लुम्विनीका यी जिल्लाहरुमा सार्वजनिक विदा
  • न्युज मानसराेवर

कोहलपुर,बाँके:तीजका अवसरमा प्रदेशभरि सार्वजनिक विदा दिएको लुम्विनी प्रदेश सरकारले भोलि आईतवारका दिन पनि सार्वजनिक विदा दिएको छ । थारुहरुको महत्वपुर्ण पर्व बडका अत्तवारीका अवसरमा प्रदेशका बाँके,बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देहि र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) गरि ५ जिल्लामा सार्वजनिक विदा दिएको हो ।

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उप सचिव राजेन्द्र प्रसाद पन्थीद्धारा हस्ताक्षरित सार्वजनिक विदा सम्वन्धि सुचनामा मन्त्रालयको १९ गतेको निर्णयले विदा दिईएको उल्लेख गरिएको छ । भोलि आईतवार बडका अत्तवारीका दिन थारु जातिले धुमधामकासाथ यो पर्व मनाउने परम्परा रहदै आएको छ । पारिवारीक जमघट सहित मिठो मसिनो खाने वर्त लिई पुजाआजा समेत थारु जातिले यस दिनमा गर्ने गरेका छन ।

थारु समुदायमा बडका अत्तवारी पर्वमा निराहार व्रत बसी सूर्यको पूजा गरी मनाइने सांस्कृतिक परम्परा छ । थारू समुदायले सूर्यलाई उज्यालोको प्रतीकको रूपमा मान्दै आएका छन् । पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि अत्तवारी पर्व मनाउने प्रचलन छ । कुशे औंसीपछिको पहिलो आइतबार यो पर्व मनाउने गरिन्छ ।

  • २२ भाद्र २०८१, शनिबार प्रकाशित

  • Nabintech