३१ भाद्र २०८१, सोमबार

कालिकोटमा हाइस दुर्घटनमा हुँदा ८ जना घाइते
  • न्युज मानसराेवर

सुर्खेत:कालिकोटमा एसएमएल हाइस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। शनिबार दिउँसो साढे २ बजेको समयमा कर्णाली राजमार्ग अन्तगरगत कालिकोटको तिलागुफा नगपालिका ५ माथिल्लो खल्लागाडमा हाइस दुर्घटना हुँदा ८ जना घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार जुम्लाबाट सुर्खेतका लागि छुटेको कर्णाली प्रदेश ०२००१ ख ००९८ नम्बरको हाइस दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोविन्द चौधरीले हाइसमा सवार १४ जना रहेका र ती मध्ये ८ जना घाइते भएका जानकारी दिए।

उनले भने, ‘जुम्लाबाट सुर्खेतका लागि छुटेको हाइसमा १४ जना सवार थिए। ८ जना घाइते छन्। घाइतेहरुको सामान्य उपचार स्थानीय राचुल्ली अस्पतालमा गरेर थप उपचारका लागि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ।’

प्रहरीका अनुसार घाइते हुनेमा जुम्लाको सिंजा गाउँपालिका–३ का ५२ वर्षीय धनमाने सार्की, ६० वर्षीय मनजीते सार्की, ६५ वर्षीया जर्म सुनार, सिंजा गाउँपालिका–२ का ६४ वर्षीया जोरे सार्की, ५७ वर्षीय परिदत्त शर्मा र ६४ वर्षीय मनकन्या चौलागाईँ रहेका छन्।

यस्तै, जुम्लाकै कनकासुन्दरी गाउँपालिका–६ का ३९ वर्षीय कर्ण भण्डारी र कालीकोटको तिलागुफा नगरपालिका–८ का २९ वर्षीय जय चन्द्र चौलागाई रहेका छन्। प्रहरीका अनुसार गाडीको ब्रेक फेल हुँदा बीच सडकमै हाइस पल्टिएर दुर्घटनामा भएको हो।

  • २२ भाद्र २०८१, शनिबार प्रकाशित

  • Nabintech