३१ भाद्र २०८१, सोमबार

आज वडका अत्तवारी, थारु समुदायले धुमधामले मनाउदै
  • न्युज मानसराेवर

कोहलपुर,बाँके:लुम्बिनी प्रदेश सरकाले बडका अत्तवारी पर्वका अवसरमा आज आइतबार तराईका ६ जिल्लामा सार्वजनिक बिदा दिएको छ । प्रदेशका थारू समुदायको बसोवास रहेका रूपन्देही, कपिलबस्तु, दाङ, बाँके, बर्दिया र पश्चिम नवलपरासीमा बिदा दिएको हो । आज प्रदेशका ६ जिल्लामा रहेका थारु समुदायले वडका अत्तवारी धुमधामले मनाउने प्रचलन रहेको छ ।

वडका अत्तवारी पर्वमा थारू समुदायका पुरुषहरू उपवास ‘व्रत’ बस्ने चलन छ । थारु समुदायमा बडका अत्तवारी पर्वमा निराहार व्रत बसी सूर्यको पूजा गरी मनाइने सांस्कृतिक परम्परा छ । थारू समुदायले सूर्यलाई उज्यालोको प्रतीकको रूपमा मान्दै आएका छन् । पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि अत्तवारी पर्व मनाउने प्रचलन छ । कुशे औंसीपछिको पहिलो आइतबार यो पर्व मनाउने गरिन्छ ।

आइतबार मनाइने भएकै कारण यो पर्वको नाम अत्तवारी राखिएको मान्यता छ । सूर्य अग्निको प्रतीक पनि हो । प्रकृति पूजक थारू समुदायले विशेषगरी सूर्यको उपासना, पूजाआजा गरी बडका अत्तवारी पर्व धुमधामका साथ मनाउने प्रचलन रहेकाले प्रदेश सरकारले समेत विदा दिएको हो ।

  • २३ भाद्र २०८१, आईतवार प्रकाशित

  • Nabintech