३१ भाद्र २०८१, सोमबार

तीन ठाउँमा पहिरो खस्यो, कर्णाली राजमार्ग पूर्णरुपमा अवरुद्ध
  • न्युज मानसराेवर

कोहलपुर,बाँके: अविरल वर्षासँगै पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ। शनिबार रातिदेखिको वर्षाको कारण सडकमा पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोटका अनुसार कर्णाली राजमार्ग अन्तर्गत दैलेख – कालिकोट खण्डको दहीखोला, एसमोड र गगनेखोलामा पहिरो खसेको छ। पहिरोले सडकखण्ड पूर्ण रूपमा अवरुद्ध बनेको छ। आइतबार बिहान ५ बजेदेखि नै पहिरो पन्छाएर गाडी सञ्चालनको प्रयास भइरहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ।

 

  • २३ भाद्र २०८१, आईतवार प्रकाशित

  • Nabintech