१० मंसिर २०८१, सोमबार

अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा
  • न्युज मानसराेवर

सुर्खेत:अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ। आइतबार बिहानदेखि अवरद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ। सडक डिभिजन कार्यालय जुम्लाका अनुसार राजमार्ग दिउँसो साढे २ बजेबाट सञ्चालनमा आको हो।

आइतबार बिहान ५ बजेदेखि सडक खुलाउने कार्य सुरु भएको थियो। बिहान ५ बजेदेखि दिउँसो २ बजेसम्म पहिरो हटाएपछि करिब ९ घण्टामा राजमार्ग सञ्चालनमा आएको छ।

गएराति अविरल बर्षाका कारण आएको पहिरोले कालिकोटको गगनेखोला र यसमोडमा पहिरो खसेर सडक अवरुद्ध बनाएको थियो। पहिरो हटाएपछि रोकिएका मुगु, जुम्ला, बाजुरा, कालिकोटबाट सुर्खेतका लागि छुटेका सवारीहरू आवतजावत भएका छन्।

 

  • २३ भाद्र २०८१, आईतवार प्रकाशित

  • Nabintech