बाँके: कोहलपुर नगरपालिका वडा नंं १० मा सञ्चालित जीवन ज्योति स्कुलले विद्यार्थी संगठनले निकालेको विज्ञप्ती प्रति आफ्नो ध्यानकर्षण जनाएको छ । आज पत्रकार सम्मेलन गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) जिल्ला समिति बाँकेले (भदौ २५ गते) मंगलबार सार्वजनिक गरेको प्रेस विज्ञप्तीलाई जीवन ज्योति स्कुलका प्रिन्सिपल जोमन जेम्सले ध्यानआकर्षण जनाएका हुन ।
अस्विभाविक रुपमा आर्थिक सहयोग मार्फत नगद ५० हजार रकम अनिवार्य दिनुपर्ने माग गरेको र सो रकम नदिए विद्यालय क्षति पुरयाउने, विद्यालयका प्रध्यानाध्यापकलाई हुल हुज्जत गर्ने धम्की पछि प्रहरी प्रशासनको सहयोगमा विद्यालय हाता बाहिर विद्यार्थी तथा शिक्षकहरु पठाइएको जीवन ज्योति स्कुलका प्रिन्सिपल जोमन जेम्सले पत्रकार सम्मेलनमा जानकारी गराएका छन।
आर्थिक सहयोग ५ हजारसम्म सकिन्छ भन्दा उहाँहरुले लिनुभएन’ ‘त्यसपछि उहाँहरुको बोल्ने भाषा नै नराम्रो हुन थालेपछि सुरक्षाको लागि प्रहरी बोलाएको हुँ ।’ प्रिन्सिपल फादर जोमन जेम्सले भने । विद्यालयमा आएर धम्की दिने तीन जनाको नाम सार्वजनिक गर्दै प्रिन्सिपल जोमन जेम्सले तुल्सीणी केसी, महेश बस्नेत र विनोद शर्मा रहेको समेत बताएका छन।
त्यसै गरी जीवन ज्योति स्कुलले कुनै धर्म प्रचार गर्दैन र गर्ने पनि छैन । सबै धर्मको सम्मान गर्छ । यहाँ हिन्दु धर्मलम्वीलाई पुजा आरधाना पनि हुन्छ भने अन्य धर्म मान्ने व्यक्तिहरुले पनि आफ्नै रितिरिवाजमा धर्म मान्ने चलन छ ।’ विद्यार्थी संगठनले लगाएको यो झुठो आरोप मात्र भएको प्रिन्सिपल जोमन जेम्सले विज्ञप्तीमा उल्लेख गरेका छन।