जुम्ला:कर्णाली राजमार्ग फेरि अवरुद्ध भएको छ । अविरल वर्षापछि आएको पहिरोले कर्णाली राजमार्गको कालिकोट-जुम्ला खण्ड अवरुद्ध भएको हाे । राजमार्ग अन्तर्गत सडक डिभिजन जुम्लाको कार्यक्षेत्रमा पर्ने कालिकोटको गगनेखाेलामा गएरातीकाे अविरल वर्षापछि पहिरो आउँदा सडक अवरुद्ध भएको सडक डिभिजन जुम्लाले जनाएको छ ।
गगनेखाेला राजमार्गकै सबैभन्दा जोखिम खण्ड मानिएको छ । उक्त खण्डमा मात्रै हाल आधा दर्जन भन्दा बढी पटक पहिरो गइसकेको छ ।पहिरो पन्छाउन मेसिन सहित जनशक्ति परिचालन भइसकेकाले सडकको अवस्था बुझेर मात्र यात्रा सडक डिभिजन जुम्लाका प्रमुख चेतन कुमार मण्डलले अनुरोध गरेका छन् । सडक अवरुद्ध भएपछि जुम्ला कालिकोटबाट सुर्खेत नेपालगन्ज काठमान्डाै जाने सवारी र सयाै यात्रु अलपत्र परेका छन् ।