बाँके\लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारीसँगै निजी क्षेत्रबाट सञ्चालन भएका अस्पताल तथा स्वास्थ्य संस्थाको उपचार सेवालाई प्रभावकारी बनाउन सरकारले ध्यान दिने बताएका छन् । नेपाल औषधी व्यवसायी सङ्घ जिल्ला शाखा रुपन्देहीको आयोजनामा आज बुटवलमा भएको सम्मान एवम् अाैषधी व्यवसायीहरूको क्षमता अभिवृद्धि तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।