७ मंसिर २०८१, शुक्रबार

कोहलपुरमा क्यान्सर अस्पताल निर्माण सुरु
  • न्युज मानसराेवर

बाँके\नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल परिसर कोहलपुरमा क्यान्सर उपचारका लागि एक अर्बको लगानीमा छुट्टै अस्पताल भवन निर्माण कार्य सुरु गरिएको छ । मेडिकल कलेजले सो अस्पताल निर्माणका लागि शुक्रबार भवन शिलान्यास तथा भूमि पूजन सम्पन्न गरेर शनिबारबाट निर्माण सुरु गरेको हो ।

यसअघि शिलान्यास कार्यक्रममा बोल्नुहुँदै मेडिकल कलेजका सञ्चालक कुमारप्रसाद अर्यालले एक अर्बभन्दा बढी लगानीमा क्यान्सर अस्पताल निर्माण सुरु गरिएको बताउनुहुँदै अब बाँके मै क्यान्सरको अति नै गुणस्तरीय उपचार हुने  उल्लेख गरे ।

पश्चिम नेपालकै सर्वोत्कृष्ट भवन निर्माणसँगै गुणस्तरीय र प्रभावकारी सेवा दिने उनले प्रतिबद्धता पनि व्यक्त गरेका छन। निर्माण सुरु गरिएको भवनबाट अबको दुई वर्ष भित्रमै बिरामीलाई सेवा दिने गरी काम अघि बढाइएको नेपालगन्ज मेडिकल कलेजले जनाएको छ । निजी क्षेत्रबाट पश्चिम नेपालमा पहिलो पटक यस क्षेत्रका बिरामीहरूलाई सुविधा सम्पन्न ‘क्यान्सर अस्पताल’को निर्माण सुरु गरिएको लर्ड बुद्ध एजुकेसनल एकेडेमीका उपनिर्देशक श्यामकुमार शर्माले जानकारी दिए ।

उनले अस्पतालबाट गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ कलेजको नेपालगन्ज शिक्षण अस्पतालमा आउँदो महिनादेखि मुटुरोसम्बन्धी विशिष्टकृत सेवा, क्याथ ल्याब सेवा सुरु हुने तयारी रहेको समेत बताए।

  • २९ भाद्र २०८१, शनिबार प्रकाशित

  • Nabintech