बाँके\अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकैपटक १८ वटा मुद्दामा पुनरावेदन दर्ता गरेको छ । फरक-फरक मुद्दामा विशेष अदालतले गरेका फैसलामा आयोगलाई चित्त नबुझी शुक्रबार सर्वोच्च अदालतमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
प्रवक्ता घिमिरेका अनुसार प्रतिवादीहरु धर्मेन्द्र ठाकुर हजाम र राजेश्वरप्रसाद चौरसिया तथा लालबाबु साह गोल्दार, राजेश्वरप्रसाद चौरासिया, महेशप्रसाद यादव र हकिम अन्सारीविरुद्धको मुद्दामा विशेषको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गरिएको हो ।
यसैगरी रमेश शर्मा र राजेश्वरप्रसाद चौरसिया तथा रुवी कुमारी र राजेश्वरप्रसाद चौरसियाविरुद्धको फरक-फरक मुद्दामा पनि विशेषको फैसला चित्त नबुझेपछि सर्वोच्चमा पुनरावेदन गरिएको छ ।
यसैगरी शिवशंकरप्रसाद यादव र राजेश्वरप्रसाद चौरसिया तथा जितेन्द्रप्रसाद कुर्मी, राजेश्वरप्रसाद चौरसिया र नागेन्द्र पटेल भन्ने नागेन्द्र प्रसादविरुद्धको मुद्दामा पनि आयोग सर्वोच्च पुगेको छ ।यसैगरी हकिम अन्सारी, राजेश्वरप्रसाद चौरसिया र महेशप्रसाद यादव तथा बविताकुमारी देवी, राजेश्वरप्रसाद चौरासिया र हकिम अन्सारीविरुद्धको मुद्दामा पनि विशेषको फैसलामा चित्त नबुझी सर्वोच्चमा पुनरावेदन गरिएको प्रवक्ता घिमिरेले जानकारी दिएका छन् ।
यसैगरी वीरेन्द्र महरा चमार, राजेश्वरप्रसाद चौरसिया तथा रामवेलासप्रसाद पटेल, राजेश्वरप्रसाद चौरासिया र महेश यादव भन्ने महेशप्रसाद यादव तथा उषाकुमारी राम, राजेश्वरप्रसाद चौरासिया र हकिम अन्सारीविरुद्धको मुद्दामा पनि पुनरावेदन गरिएको छ ।
यसैगरी नगेन्द्र राम भन्ने नागेन्द्र महरा चमार र राजेश्वरप्रसाद चौरासिया तथा हरिओमकुमार साह, राजेश्वरप्रसाद चौरसिया तथा उमाशंकर यादवसमेत प्रतिवादी रहेको मुद्दामा विशेषको फैसला आयोगलाई चित्त नबुझी सर्वोच्चमा पुनरावेदन गरिएको हो ।
यसैगरी दुलारचनप्रसाद कुर्मी र राजेश्वर प्रसाद चौरसिया तथा राजेशकुमार यादव, राजेश्वरप्रसाद चौरसिया तथा अरविन्द गिरी, राजेश्वरप्रसाद चौरसिया तथा कृपादेवी पटेल र राजेश्वरप्रसाद चौरसियाविरुद्धको मुद्दामा विशेषको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गरिएको आयोगले जनाएको छ ।