कोहलपुर,बाँके: नजिकिंदै गरेका चाडपर्वहरुलाई लक्षित गर्दै बाँकेमा खसि बोकाहरुको मुल्य निर्धारण गरिएको छ । मंगलवार नेपालगञ्जमा एक कार्यक्रमको आयोजना गर्दै बाँकेमा रहेका १७ सामाजिक उद्यमी सहकारी र ब्यापारीविचको छलफलले खसि बोकाको मुल्य निर्धारण गरेको सामाजिक उद्यमी सहकारीहरुको साझा संस्था सेवा नेपालको अधिकृत गोपि पुडासैनिले न्युज मानसरोवरलाई वताए ।
उनका अनुसार जिउदो खसि ३० केजि देखि ३९.९ केजि सम्म प्रति केजि ५३०, ४० केजि देखि ४९.५ केजि सम्म प्रति केजि ५४० र ५० केजि भन्दा माथि ५६० रुपैया प्रति केजि मुल्य निर्धारण गरिएको छ । थोक ब्यापारी र उद्यमी सहकारी तथा सरोकारवालाहरुको रोहवरमा यो मुल्य निर्धारण गरिएको हो ।
सहकारी र खसि ब्यापारीहरु विच भएको वि टु वि बैठकमा हेफर ईन्टरनेशनल नेपालका नेपालगञ्ज कार्यालयका प्रबन्धक प्रकाश केसिले सहकारी र ब्यापारीहरुको उईन उईन जित हुने तरिकाले किसानहरुका उत्पादनलाई वजारिकरण गर्न यो मुल्य निर्धारण बैठक महत्वपुर्ण रहेको औंल्याउदै हेफर नेपालले उद्यमी सहकारीहरुको मुल्य मान्यता र सिद्धान्त अनुरुप आफनो संस्थाले वजारीकरण तथा ढुवानिका निम्ति सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।
उत्पादनमा आधारित खाद्यवस्तु, पशु चौपाया विक्रि वितरण र वजारिकरणमा विभिन्न चुनौती रहेको भएपनि आफनो संस्थाले निति निर्माण तहमा पैरवी गरिरहेको औंल्याउदै सामाजिक उद्यमी सहकारीहरुले परम्परागत ऋण तथा वचतको कार्यक्रमका अलावा आफना शेयर सदस्यहरुलाई नगदे वालि तथा पशु चौपायामा लगानि गर्नुपर्नेमा जोड दिए ।
कृषि उद्यममा महिलाको हात उत्पादन र वजारिकरणमा सेवाको साथ भन्ने मुल मन्त्रकासाथ बाँकेमा विभिन्न गैर सरकारी संस्थाको साझेदारीमा हेफर ईन्टरनेशनल नेपालले १७ सामाजिक उद्यमी सहकारीहरुलाई प्रर्बद्धन गर्दै पशुपालन, कृषि कर्म तथा मल विउ विजन र दुग्ध जन्य पदार्थ खरिद विक्रि र वजारिकरण गर्न प्रोत्साहन गर्दै आएको छ ।
मंगलवार भएको जि टु जि कार्यक्रममा नेपालगञ्ज क्षेत्रमा रहेका खसि ब्यापारी बिभिन्न १७ सहकारीका अध्यक्ष तथा प्रबन्धक, सेवा नेपालका अधिकृत, हेफर ईन्टरनेशनलका प्रबन्धक लगाएत प्रत्यक्ष किसान र वजारसंग टच रहेका ब्यक्तिहरुले बोकाको समेत मुल्य निर्धारण गरेका छन । उनीहरुले जिउदो बोका प्रति केजि ५१० रुपैया मुल्य कायम गरेको सेवा नेपालका अधिकृत गोपि पुडासैनि वताउछन ।
जिल्लाबाट खसि निकासिमा विभिन्न तगारो आउने गरेको वताएका ब्यापारीहरुका कुरालाई मध्य नजर गर्दै सहकारी संस्थाहरुले यथाशिघ्र पालिकाहरुवाट सिफरीस लिने जिल्ला प्रसासन कार्यालय जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयहरुलाई ध्यानाकर्षण गराउदै सहज निकासिमा सहजता थपिदिन आग्रह गर्ने समेत जनाएका छन ।
बाँकेको राप्ति सोनारी,नरैनापुर क्षेत्रबाट ल्याएका खसिवाख्रा विक्रि वितरण गर्दा भारतवाट ल्याईएको आशंका गरिने भएकाले काठमाण्डौ, पोखरा सम्म लगेर बिक्रि वितरण गर्न असहज भएको भन्दै ब्यापारी निजमुद्धिनले नेपाली उत्पादनको विक्रि वितरणलाई सहज निति अख्तियारी गरिनुपर्नेमा जोड दिएका छन ।