३ आश्विन २०८१, बिहीबार

प्याब्सन नगरले सम्पन्न गर्यो हाजिरी जवाफ
  • न्युज मानसराेवर

बाँके: निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपालको आयोजनामा अन्तर विद्यालय हाजिरी  जवाफ प्रतियोगिता सम्पन्न गरिएको छ । कोहलपुर नगरपालिका क्षेत्रमा संचालित विद्यालयहरुको छाता संगठन प्याब्सन कोहलपुरको आयोजनामा आधारभूत तह (कक्षा ५ ) सम्मका विद्यार्थीहरुको सहभागितामा उक्त हाजिरी जवाफ प्रतियोगिता आधारभूत तह आयोजना गरिएको थियो ।

संविधान दिवसको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा बोल्दै प्रमुख अथिति प्याब्सन बाँकेका अध्यक्ष यम बहादुर रावतले निजी विद्यालयहरुले बालबालिकाहरुको चौतर्फी विकासमा निम्ति यस्ता हाजिरी जवाफ तथा विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेको बताए ।

उनले राज्यलाई निजी विद्यालयहरुले दक्ष जनशक्ति उत्पादन गरी शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान गरिरहेको बताए । रावतले स्थानीय सरकारले सिटी हल जस्ता संरचना निमार्णमा ध्यान नदिएका कारण कुनै कार्यक्रम आयोजन गर्नाका लागि समेत समस्या देखा परेको औल्याए । उक्त प्रतियोगितामा प्रथम स्थान निम्बल एकेडेमी कोहलपुर ,दोस्रो स्थान ब्रिज इन्टरनेशनल् स्कुल , तेस्रो स्थान गोर्खा युनाइटेड पब्लिक स्कुल त्यसै गरी सान्त्वना रामजानकारी माध्यामिक विद्यालय भएका छन। उक्त प्रतियोगितामा १३ वटा विद्यालयहरुको सहभागिता रहेको थियो ।

त्यसै गरी नगद पुरुस्कार प्रथम लाई रु ४हजार दोस्रो स्थानलाई ३ हजार तेस्रो स्थान २ हजार त्यसै गरी सान्त्वना लाई नगद रु एक हजार ५ सय सहित प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।प्याब्सन कोहलपुर नगरका अध्यक्ष गोविन्द सुवेदीको अध्यक्षता उक्त प्रतियोगिता संचालन गरिएको थियो ।

  • ३ आश्विन २०८१, बिहीबार प्रकाशित

  • Nabintech