५ आश्विन २०८१, शनिबार

पत्रकार महासंघका कावा अध्यक्ष विष्टले दिए राजीनामा
  • न्युज मानसराेवर

काठमाडौं : नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले  राजीनामा दिएका छन् । केन्द्रीय समितिलाई सम्बोधन गरेर बुझाएको राजीनामा पत्रको बोधार्थ महासचिव रोशन पुरी र उपाध्यक्ष वाला अधिकारीलाई दिइएको छ ।

सदस्य शुद्धीकरण विवादमा फसेको महासंघको पछिल्लो परिघटनामा विभिन्न राजनीतिक पार्टीका भ्रातृ संस्थाहरूले आफ्नो राजनीतिक र व्यक्तिगत स्वार्थपूर्ति गर्ने मैदान बनाउँदा निर्वाचन प्रक्रिया अघि बढ्न नसकेको विष्टले उल्लेख गरेका छन् । उनले अगाडी लेखेका छन्, ‘राजनीतिक दल आवद्ध पत्रकारका संगठनले महासंघको विधि विधान र संरचनालाई समेत लत्याएर पत्रकारितासँग साइनो नभएका करिब साढे ४ सय व्यक्ति सदस्यका रूपमा थप्न बाध्य पार्नु नांगो हस्तक्षेपको नमूना हो ।’

महासंघ पछिल्लो पटक विकसित भएको मुलुकको राजनीतिक सत्ता समीकरणको शिकार बन्न पुगेको भन्दै उनले दलगत रूपमा अघि सारिएका प्रस्तावित उम्मेदवारको जित–हारलाई दलहरुले आफ्नो प्रतिष्ठाको विषय बनाउनुले थप जटिलता उत्पन्न गराएको जिकिर गरेका छन् । केहीदिन अघि मात्र पत्रकार महासंघका अध्यक्ष बिपुल पोख्रेलले पनि राजिनामा दिएका थिए । उनको राजिनामा पछि विष्टले कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हालेका हुन् ।

Ramesh-Bist-Rajinama-1726826745.jpg

Ramesh-Bist-Rajinama-2-1726826745.jpg

  • ४ आश्विन २०८१, शुक्रबार प्रकाशित

  • Nabintech