५ आश्विन २०८१, शनिबार

एकदिवसीय शृङ्खला: अफगानिस्तान एक सय ७७ रनले विजयी
  • न्युज मानसराेवर

काठमाण्डौ: अफगानिस्तानले दक्षिण अफ्रिकासँगको एकदिवसीय शृङ्खला जितेको छ । तीन खेलको शृङ्खला अफगानिस्तानले एक खेल अगावै जितेको हो । हिजो शारजाहमा भएको दोस्रो खेलमा अफगानिस्तान एक सय ७७ रनले विजयी भयो ।

पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा चार विकेट गुमाएर तीन सय ११ रन बनाएको थियो । तीन सय १२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ३४ ओभर २ बलमा एक सय ३४ रनमा समेटियो ।

खेलको म्यान अफ द म्याच अफगानिस्तानका राशिद खान भए । पहिलो खेल अफगानिस्तानले छ विकेटले जितेको थियो । अफगानिस्तानले कुनै पनि सिनियर क्रिकेटमा दक्षिण अफ्रिकालाई हराएको यो पहिलो पटक हो । दुई टोलीबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल भोलि हुनेछ ।

  • ५ आश्विन २०८१, शनिबार प्रकाशित

  • Nabintech