५ आश्विन २०८१, शनिबार

माटोबाट भाँडा नाउँछन नेपालगन्जका १२ वर्षिय नितेश कुम्हार
  • न्युज मानसराेवर

बाँके: उमेर कम छ, तर उनको कलाकौशल असिमित छ । उनी हुन् नेपालगन्ज उपमहानगरपालिका १३ उदयपुरका १२ वर्षिय नितेश कुम्हार । उनले माटोबाट विभिन्न थरिका भाँडा बनाउँछन् । विहान–बेलुका माटोसँग खेल्ने उनी नेपालगन्जस्थित मंगलप्रसाद माध्यमिक विद्यालयमा कक्षा ३ मा बढ्छन् । ‘दिउँसो विद्यालय जान्छु । विहान–बेलुका र विदाको दिन माटोको भाँडा बनाउँछु,’ उनले भने ।

सोही ठाउँका सुरज कुम्हार १८ वर्षका भए । सानै उमेरमा माटोका भाँडा बनाउन सिकेका उनी दिनमा तीन सय पाला बनाउँछन् । उनले माटोबाट भाँडा बनाउन निपुन छन् । ‘ग्राहकको माग अनुसारका भाँडा बनाउँछु,’ उनले भने, ‘पुर्खादेखि बनाउँदै आएको पेशा हो । सानै उमेरमा सिकेँ । अहिले त्यसैलाई ब्यवसाय बनाएको छु ।’

उदयरपुरका करिव १५/२० घर परिवारले माटोका भाँडा बनाउँछन् । पछिल्लो समय माटोको कुज्जामा चिया, कफी र दहि खाने प्रचलन बढेपछि आम्दानी सन्तोषजनक हुन थालेको सुरजले बताए । उनले चिया, कफी र दहि खाने कुज्जा कोहलपुरसँग बाहिरी जिल्लामा पनि जाने गरेको बताए । ‘बाँकेमामात्र माग छैन । बाहिरी जिल्लाका ब्यापारी पनि लिन आउँछन्,’ उनले भने ।

  • ५ आश्विन २०८१, शनिबार प्रकाशित

  • Nabintech