९ मंसिर २०८१, आईतवार

क्यानडासंग ५ विकेटले हार्याे नेपाल
  • न्युज मानसराेवर

काठमाण्डौ:क्यानडाविरुद्ध नेपाल आइसिसी विश्वकप लिग मा नेपाल पराजित भएको छ।नेपाल क्यानडासंग ५ विकेटले पराजित भएको हो । क्यानडाको किंग सिटीमा आइतवार टस जितेर  नेपालले पहिले ब्याटिङ  गर्दै  ४६.१ ओभरमा अल आउट हुँदै १ सय ८१ रन मात्र बनाउन सक्यो । जवाफमा क्यानडाले  ४२  ओभरमा ५ विकेट गुमाएर  विजयी लक्ष्य पुरा गर्यो ।

नेपालका लागि सन्दीप लामिछानेले दुई तथा  करण केसी ,ललित नारायण राजवंशी र गुल्सन झाले एक एक विकेट लिए  ।   यस अघि पहिलो खेलमा पनि नेपाल क्याडासंग १०३ रनले पराजित भएको थियो ।

यस अघि नेपालका लागि  सबै भन्दा वढि सन्दीप लामिछानेले ४८ बलमा सर्वाधिक ४९ रन जोडे । उनले ५ चौका र १ छक्का प्रहार गरे। सन्दीपको एकदिवसीय क्रिकेटमा   यो उत्कृष्ट ब्याटिङ प्रदर्शन हो । यस अघि उनले  सन् २०२३ मा पिएनजीसँग ५० बलमा नट आउट ३५ रन बनाएका थिए ।

गुलशन झाले ५६ बलमा ३४ रन बनाए । आरिफ शेखले ३३ बलमा १० रन मात्र बनाए । सोमपाल कामीले  ४८ बलमा २१ रन बनाए । करण केसी २८ बलमा २४ रन बनाए ।क्यानडाका लागि कलिम सानाले ३, हर्ष ठाकर र डिलोन हेलिगरले दुई दुई  तथा सादविन जाफर र प्रविन कुमारले समान १ विकेट लिए ।

  • ७ आश्विन २०८१, सोमबार प्रकाशित

  • Nabintech