कोहलपुर,बाँके: मिथिलाञ्चललगायत मधेसका विभिन्न ठाउँमा मनाइने जितिया पर्व ३६ घण्टा लामो निर्जल र निराहारपछि सम्पन्न भएको छ ।सन्तानको दीर्घजीवन तथा पारिवारिक सुःख शान्तिका लागि मनाइने जितिया पर्व गएको सोमवारदेखि नै धार्मिक विधिअनुसार शुरु भएको थियो । मङ्गलवार बिहान ४ बजेदेखि हिजो बेलुकी सवा ५ बजेसम्म व्रतालु महिला उपवास बसेका थिए ।
यसरी उपवास बसेका महिलाले हिजो बेलुकी सवा ५ बजे पवित्र नदी, पोखरी र तलाउ तथा जलाशयमा नुहाएर अन्तिम पूजा गरी दही, चिउरा, अमोट, सख्खर र काँक्रोको प्रसाद चढाएर व्रत सम्पन्न गरेका छन् ।
यसरी व्रत समापन गर्ने विधिलाई मिथिलामा पारण भनिन्छ भने पारण गरेर व्रतालु महिलाले आ–आफ्ना घरमा देवतालाई चढाएका प्रसाद ग्रहण गर्नुका साथै विभिन्न खानेकुरा खाने चलन रहेको छ ।