कोहलपुर:लायन्श क्लब सयपत्री कोहलपुरको आयोजना तथा कौसिल्या अस्पतालको प्राबिधिक सहयोगमा जेष्ठ नागरिकहरुका लागि नि:शुल्क आँखा शिबिर सम्पन्न गरिएको छ । लायन्श क्लब सयपत्रीका अध्यक्ष सुबर्ण खनालको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अथिति लायन्श क्लब चिफ चिन्तामनि धिताल, कौसिल्या अस्पतालका ब्यवस्थापक शंकर न्यौपाने, लायन्श तेज प्रसाद अधिकारि ,अन्जना पाण्डे लगायत तथा जेष्ठ नागरिक प्रबुद्ध संघ अध्यक्षले हरि प्रसाद पौडेल लगाएत अतिथीहरुले आ आफनो मन्तब्य राखेका थिए ।
शिबिरमा १४० जना भन्दा बढि जेष्ठ नागरिकले सेवा लिएको वताईएको छ । कार्यक्रममा सुगर प्रेसर सिटि अस्पताल कोहलपुरले नि:शुल्क सेवा प्रवाह गरेको थियो।