६ मंसिर २०८१, बिहीबार

के के छन प्रगतिशिल व्यावसायिक प्यानलका प्रतिबद्धताहरु ?

कोहलपुर नगरपालिकाको फोहोर लाई मोहोर बनाउन नगर सरकारको समन्वयमा स्वच्छ स्वस्थ नगरपालिका बनाउन पहल गर्ने

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: आसन्न उद्योग वाणिज्य संघ कोहलपुरको निर्वाचन कार्यक्रम लक्षित तिव्र प्रचार प्रसारमा लागेको प्रगतिशिल व्यावसायिक प्यानलका उम्मेदवारहरुले आफुहरु निर्वाचित भएमा व्यापारी तथा व्यवसायीहरुका पिर मर्का सम्वोधन गर्न भन्दै आफना प्रतिबद्धताहरु समेत आफना मतदातामाझ लिएर गएको छ ।

प्रगतिशिल व्यावसायिक प्यानलले कोहलपुर उद्योग वाणिज्य संघ संस्थापक पदाधिकारी,सदस्यहरुले देखेका सपनाहरु,लक्ष्य र उद्देश्यलाई मार्गनिर्देशन विचारका रुपमा लिदैँ अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

प्रगतिशिल कोहलपुरका नगर सरकार,वडा सरकार र सरोकारवाला निकाय र कार्यालय सँगको समन्वय र सहकार्यमा यस संघमा आवद्ध उद्योगी ,व्यापारीको हक अधिकारको लागि निरन्तर नेतृत्व गरिरहने वाचा गर्दै उद्योगी व्यापारीको सशक्तिकरणका लागि अहोरात्र खट्ने प्रतिबद्धता जाहेर गर्दै आक्रामक शैलिमा प्रचार प्रसारमा जुटेको प्रगतिशिल व्यावसायिक प्यानलले आफना सवै उम्मेदवारहरुलाई प्रचार प्रसारका निम्ति फिल्डमा खटाएको प्रचार प्रसार संयोजक कुस्माखर वस्यालले वताएका छन ।

के छन त प्रगतिशिल व्यावसायिक प्यानलका प्रतिबद्धताहरु ?

१. साबिक मध्यपश्चिम विकास क्षेत्रको विकासउन्मुख शहर बाँके जिल्लाको त्यो गौरवपुर्ण इतिहासलाई शिरमा राखि उद्योग,व्यापार व्यवसायहरुको प्रबद्र्धन गर्नेछौं ।
२. कोहलपुर उद्योग बाणिज्य संघको मुल नेतृत्व महिला इतिहासका रुपमा दर्ज भए महिला सशक्तिकरणका लागि वडा वडामा महिला व्यापारी व्यवसायी उत्पादनका लागि प्रोत्साहन गर्नुका साथै स्वरोजगारमुलक तालिम प्रदान गर्नेछौं ।
३. कोहलपुर उद्योग बाणिज्य संघको पहलकदमीमा “म मेरै शहरमा खरिदविक्री गर्छु शहरको बजार प्रबद्र्धनमा योगदान गर्नेछुु” भन्ने अभियान चलाउनेछौं ।
४.कर सम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्ने । ५. भन्सार लाई सुदृढ बनाई कर छली लाई निरुत्साहित गर्न सम्वन्धित निकायसंग सहकार्य गर्नेछौं ।
६उद्योगी,व्यापारी लाई व्यवसाय बृद्धि गर्न वा बैंक र व्यापार व्यवसायी विचको सम्बन्ध समयसापेक्षिक बनाउन अन्तरकृया,छलफलहरु चलाउने छौं ।
७. कोहलपुर नगर शिक्षा सँगको सहकार्यमा शिक्षाका क्षेत्रमा योगदान गर्नुकासाथै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नेछौं ।
८. नगरपालिकालाई हरित नगरपालिकाका रुपमा अघि बढाउन बृक्षारोपण कार्यलाई व्यापक गर्ने, संरक्षण र प्रर्बद्धन गर्न एक्यबद्धता जनाउने
९.कोहलपुर नगरपालिकाको फोहोरलाई मोहोर बनाउन नगर सरकारको समन्वयमा स्वच्छ स्वस्थ नगरपालिका बनाउन काम गर्नेछौं ।

१०.घरभाडालाई समयसापेक्षिक बनाउन सम्वन्धित निकायसंग छलफल गर्नेछौं ।
११.मल विउ माथि सरकारले सृजना गरेको सिन्डिकेट अन्त्य गर्दे व्यापार व्यवसायीले पनि बजारमा सहभागी हुन पाउने अवस्थाका लागि पहल गर्नेछौं ।
१२.कोहलपुर उद्योग बाणिज्य संघको पहलकदमीमा शुरु भएको एनटिभि रोडमा रहेको कृषि हाटबजार अविलम्ब संचालनमा ल्याउनेछौं ।
१३.होटल व्यवसायी लाई प्रबद्र्धन गर्न रात्रीकालिन बजार ,सडक प्रदर्शनी र खेलकुद तथा संघसंस्थाका कार्यक्रमहरु कोहलपुरमा गर्न गराउन पहल गर्नेछौं ।
१५.व्यवस्थित यातायात बजार र स्वच्छ प्रतिस्पर्धाका लागि सरोकारवाला निकायहरुका वीच सहजीकरण गर्नेछौं ।

  • १७ आश्विन २०८१, बिहीबार प्रकाशित

  • Nabintech