बैजनाथ,बाँके: बाँकेको बैजनाथ गाउँपालिका–२ हरियाली चोक नजिक आज माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर ४८ वर्षीय बुद्धिराज चौधरीको मृत्यु भएको छ । चौधरी माटो खन्दै गर्दा अचानक माटोको ठूलो ढिस्को खस्दा उनी त्यसमा पुरिएका थिए । दशैंकालागि घर रगांउने माटो लिन अन्य चार जनासंग गएका चौधरी माटोको ढिस्को भत्किदै गर्दा अरु भागेर ज्यान जोगाउन सफल भएपनि उनी अपांग कान नसुन्ने भएकाले उनको अकाल ज्यान गएको स्थानियले वताएका छन ।
घटनाको खबर पाएपछि प्रहरी निरीक्षक रविन्द्र अधिकारीको नेतृत्वमा ५ जनाको प्रहरी टोली र सशस्त्र प्रहरी बल तालिम केन्द्र नौवास्ता बाँकेको टोली तुरुन्तै घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी धर्मराज भण्डारीले जानकारी दिए ।